पदम जोरा,डडेल्धुरा
प्रधानमन्त्री तथा काँग्रेस केन्द्रीय शेरबहादुर देउवाको गृह जिल्लाको परशुराम नगरपालिकाको मेयर पदमा कांग्रेस युवा नेता भरत बडायर जोशीले उमेदवारी दर्ता गराएका छन् ।
काँग्रेस परशुरामका सभापति समेत रहेको जोशीले निर्वाचन अधिकृतको कार्यालयमा जोगबुडामा उमेदवारी दर्ता गरेका छन ।
उपमेयरमा परशुराम नगरपालिकाका बहालवाल उप–मेयर तथा महिला संघ डडेल्धुरा संयोजक कलावती देबी बोहराले उमेदवारी दर्ता गारउनु भएको छ ।
०७४ सालको स्थानीय तहको निर्वाचनमा परशुराम नगरपालिकाको नगर–प्रमुख नेपाली कांग्रेसकै उमेदवार भीमबहादुर साउद निर्वाचित भएका थिए ।
उपमेयर पनि काँग्रेसले नै विजयी भएको हो ।
डडेल्धुरामा सत्तारुढ दलहरुबीच गठबन्धनमा सहमति नभएपछि कांग्रेस एक्लै निर्वाचनमा गएको हो ।
त्रिचन्द्र क्याम्पसबाट फिजिक्समा स्नातक सकाए पछि जोशीले चीनबाट ‘एड्मोस्फेरिक फिजिक्स’मा मास्टर्स गरेका छन् । कांग्रेसका लागि बलियो प्रतिद्वन्द्वी माओवादी केन्द्र देखीएको छ ।
२०७४ मा पनि माओवादी केन्द्रले ने कडा प्रतिश्पर्दा गरेको थियो ।
