परशुराम वडा.न १,३,४,५,६, ९ र १२ वाट एमाले वडा अध्यक्षका उमेदवारको टुङगो लाग्यो

पदम जोरा,डडेल्धुरा

नेपाल कम्युनिष्ट पार्टी एमाले वाट परशुराम नगरपालिका वडा.न ४ को वडा अध्यक्षमा दिल बहादुर वोहरा सर्व सम्वत चयन भएका छन ।
नेपाल कम्युनिष्ट पार्टी एमालेको आईतवार वसेको पुर्ण बैठकले वोहरालाई अध्यक्षका लागि अगाडी सारेको छ ।
बोहराले निर्वाचन आयोगको कार्यतालिका अनुसार बैसाख १२ गते उमेदवारी मनोनयन दर्ता गर्ने भएका छन ।
यो समाचार पार्दा सम्म नेकपा एमाले परशुरामले वडा.न १,३,४,५,६,९ र १२ का वडा अध्यक्षका उमेदवार टुङग्याएको छ ।
नेकपा एमालेले वडा.न १ वाट केशव अवस्थी, ३ वाट राम सिंह थालाल,४ वाट दिल बहादुर वोहरा, ५ वाट टेकराज भट्टराई ६ वाट भुपेन्द्र धामी, वडा.न ९ वाट रमेश धामी र वडा.न १२ वाट हरि प्रशाद जोशी एमालेको आधिकारि सर्वसम्वत उमेदवार चयन भएका
सर्व सम्वत भएका उमेदवारले भोली तोकीएको समयमा उमेदवारी मनोनयन दर्ता गर्ने भएका छन ।
अन्य वडाका वडा अध्यक्ष , वडा सदस्य र मेयर उप–मेयरका उमेदवारहरुको टुङगो भने लाग्न बाकी रहेको एमाले परशुरामले जनाएको छ ।
एमाले परशुरामको पुर्ण बैठक वैठम जारी छ बैठकलाई महत्वपुर्ण बैठकका रुपमा लिइएको छ ।
निर्वाचन आयोगले भोली बिहान अर्थात बैसाख १२ गते साझ ५ वजे सम्मका लागि उमेदवारी मनोनयन दर्ताको समय तालिका तोकेको छ ।

bb

Leave A Reply

Your email address will not be published.