ललिता साउँद ,डडेल्धुरा
नेकपा एमाले परशुरामले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तयार पारीएको चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एमालेले देशै भरका ७५३ वटै स्थानिय तहका जिल्लाका स्थानीय तहहरुमा प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
‘‘समृद्धि समानता सफल राष्टको आधार परशुराम नगरमा एमालेको सरकार, भन्ने मुल ध्येयका साथ प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो ।
नेकपा एमाले परशुराम नगर कमिटि अध्यक्ष्य ओम प्रकास जोसीको अध्यक्ष्यतामा सवेको एमाले नगर कमिटिकाृ पुर्ण बैठकले
प्रतिवद्धता–पत्र सार्वजनिक गरेको नगर कमीटी सचिब मान बहादुर बोहराले गाउँघर न्यूजलाई जानकारी दिए ।
नेकपा परशुरामका नगर कमीटी निर्वतमान नगर अध्यक्ष्य शेरसिह ठगुन्नाले प्रतिवद्धता–पत्र पढेर सुनाएका थिए ।
एमाले परशुरामले सार्वजनिक गरेको प्रतिवद्धता–पत्रमा विगतमा एमाले सरकारले गरेको काम र अब चुनाव जितेपछि गर्ने कामका विषयवस्तु समेटिएका छन् ।
प्रतिवद्धता–पत्रमा आगामी ५ वर्षका लागी निति, कानुन तथा योजना तर्जुमा एवम् कार्यान्वयन, शिक्षा, स्वास्थ्य क्षेत्र , कृर्षि,पशुपालन, वन बातावरण तथा विपद व्यवस्थापन, भौतिक पुर्वधार, विकास र्निमाण, धार्मिक तथा पर्यटन क्षेत्र ,कला संस्कृत, पुरात्वत्तिक सम्पदा सामाजिक विकास तथा शान्ती सुरक्षा कार्यक्रम, आर्थिक समृद्वि, फोहरमैला व्यवस्थापन र स्वच्छ र सरसफाई उज्यालो नगर र आधुनिक उर्जा आवासको व्यवस्था गाउँ–गाउँमा सहकारी घर–घर–घरमा भकारी, भुमि व्यवस्था , युवा तथा खेलकुद, स्थानिय स्रोत साधन तथा राजस्व बृद्वि तथा परिचालन र व्यवस्थापन, स्थानिय अभिलेखीकरण तथा प्रबिधिमैत्री सुचना प्रणाली, मेलमिलाप तथा न्याययुक्त पालिका जनमुखी वडा र नगर सेवा प्रवाह, संस्थागत संरचना सुशासन र जनशक्ती व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह लगायतका आगामि ५ वर्षको लागी पार्टीको प्रतिबद्धता–पत्रमा उल्लेख गरिएको छ ।
एमालेको परशुराम सरकार वनाउने लक्ष्यका साथ एमालेले प्रतिबद्वता–पत्र सार्वजनिक गरेको नगर अध्यक्ष ओम प्रकास जोशीले जानकारी दिए ।
