माओवादी वाट परशुरामको मेयरमा डायमण्ड, उप–मेयरमा विमला महता चुनावी मैदानमा

पदम जोरा,डडेल्धुरा


आसन्न बैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र) परशुरामले शेरसिह माल (डायमण्ड) लाई मेयर र विमला महता लाई उप–मेयर पदको उमेदवार घोषणा गरेको छ ।
आईतवार माओवादी केन्द्र परशुरामको पुर्ण वैठकले पार्टीको तर्फवाट मेयर र उप–मेयर पदका उमेदवारको टुङगो लगाई प्रचार प्रसारलाई तिब्रता दिएको छ ।
मेयरमा नगर कमिटि अध्यक्ष शेरसिंह माल डायमण्ड र उप–मेयरमा विमला महता लाई अगाडी सारेको नगर कमिटी सचिव कर्ण धामीले गाउँघरन्यूज लाई जानकारी दिए ।
मेयर र उपमेयर सहित केही वडावाट वडा अध्यक्ष, सदस्य पदका उमेदवारमा सहमती भई सकेको छ, बैसाख १० गते भित्र १२ वटै वडावाट वडा अध्यक्ष र सदस्य पदका उमेदवारको टुङगो लाग्ने धामीले जानकारी दिए ।
शेरसिह माल (डायमण्ड) विमला महता माओवादी (केन्द्र) का तर्फवाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयर र उप–मेयरका उमेदवार थिए ।
परशुराम नगरपालिकामा हुने भनीएको ५ दलिय गठबन्धन असफल भए पछि दलहरु विच एक्ला/एक्लै चुनावी प्रतिस्पर्दा गर्ने निर्णयमा पुगेका हुन ।
सोही अनरुप दलहरु आ–आफ्ना पार्टीका आधिकारिक उमेदवार घोषणा लाई तिब्रता दिई रहेकाछन ।
माओवादी (केन्द्र) ले मेयर, उपमेयर पदका उमेदवारको टुङगो लगाई सकेको छ भने, एमाले र काँग्रेस छलफल, बैठकमा व्यस्त छन ।
निर्वाचन आयोगले बैसाख ११ र १२ गते सम्म मनोनयन दर्ताको मिति तय गरेको छ, दलहरु एक अर्काे पार्टीका उमेदवारहरुको पर्खाईमा रहेकाले १० गते भित्र उमेदवार टुङगो लागी सक्ने बुझिन्छ ।
बिशेस गरी परशुराममा एमाले, काँग्रेस र माओवादीका विच कडा प्रतिस्पर्दा हुने देखीएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेस ,माओवादी र एमालेका बिच कडा प्रतिस्पर्दा भएको थियो ।

bb

Leave A Reply

Your email address will not be published.