परशुराम नगरपालिकाले स्व.धामीका परिवारलाई १ लाख सहयोग

ललिता साउँद,डडेल्धुरा

डडेल्धुराको परशुराम नगरपालिकाले सामुदायिक स्वास्थ्य स्वयम सेविकामा कार्यरत वडा.न ९ की महिला स्वास्थ्य स्वयमसेविका स्व.मनुरी देबी धामीको परिवारलाई १ लाख आर्थिक सहयोग गरेको छ ।
महिला स्वास्थ्य स्वयमसेविका अवकास भएमा, केही घटना वा मृत्यु भएमा १ लाख वरावरको सहयोग गर्ने नगरपालिकाको निति तथा कार्यक्रममा परित भए अनुसार निजका परिवार लाई आर्थिक सहयोग गरिएको नगर–उपप्रमुख कलावती देबी बोहराले वताईन ।
स्व.मनुरी धामी बि.स. २०५४ साल देखी परशुराम नगरपालिका वडा नं.९ मा महिला स्वयम सेबिका थिईन उनको काल गतीले गत माघमा मृत्यु भएको थियो ।
सोही अनरुप स्व.मनुरी धामीको परिवारलाई १ लाखको चेक हस्तान्तरण गरीएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले जानकारी दिनु भएको छ ।


उक्त १ लाखको चेक स्व.धामीको पति मान बहादुर धामीलाई हस्तान्तरण गरिएको पनेरुले जानकारी दिए ।
उनी बि.स.२०५४ साल देखी निरन्तर महिला स्वास्थ्य स्वयम सेविका पदमा कार्यरत थिईन

bb

Leave A Reply

Your email address will not be published.