कृषि र पशुपालन प्राथमिकता अध्यक्ष : लोकेश महरा

पदम जोरा,डडेल्धुरा

डडेल्धुराको आलिताल गाउँपालिका वडा.न ३ का वडा अध्यक्ष लोकेश महराले कृषि र पशुपालन लाई विशेस प्राथमिकतामा राखेको वताएका छन ।
गाउँघरन्यूज र रेडियो परशुराम एफ.एम.९१.२ मेगाहर्जको कार्यक्रम आजको सन्र्दभ बिशेसमा बोल्दै उनले पशुपालन,तरकारी खेती र कृषि उत्पादनलाई बिशेस प्राथमिकता दिएको वताएका छन ।
साढे ४ वर्षको अवधीमा वडाका नागकिरलाई भुगोल र क्षेत्रगत रुपमा कृषि र पशुपालन तथा उत्पादनमा जोडेको वताए ।
गरिबीको रेखामुनी रहेको हाम्रो समुदायमा माछा मारेर दिनु भन्दा पनि मार्न सिकाउन जरुरी ठानी कृषि ,तरकारीखेती र पशुपालन लाई विशेस जोड दिएको उनले थपे ।
नगारिकको मागमा आधारीत कार्यक्रम वडावाट लक्षित समुदायमा दिई रहेको समेत उनले जानकारी दिए ।
महिला लक्षित, दलित लक्षित , बालबालिका लक्षित, युवा युवती लक्षित शिक्षा स्वास्थ्य बिकास निर्माणमा पनि वडाले कुनै कसर बाकी नराखेको उनले वताएका छन ।
कृषि र पशुपालन तर्फ कुखुरापालन, माछापालन, माछा पोखरी,बङगुर पालन प्लाष्टिक तनेल, पहाडी क्षेत्रको भुगोलका नागरिकका लागि कागती तथा तरकारी फलफुल खेती तर्फ जोडेको उनले वताए ।
कार्यकालको सुरुवाती चरण सिकाई , बिध्येक , निती निर्माणमा वितेको सुनाउदै उनले भने । बल्ल सिकाई भएको र जनताको जनअपेक्षाका काम गर्दा निर्वाचित भएका ५ वर्ष वितेका छन ।
फरक प्रसंगमा बोल्दै महराले भने, आफु जनताको मतवाट जितेको भएकाले मेरो पार्टी अर्काको नभनी जनताको काम खटेको उनले थपेका छन ।
महरा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द)्र वाट वडामा निवार्चित भएका हुन ।

bb

Leave A Reply

Your email address will not be published.