परशुराम नगरपालिकाको प्रगती समिक्षा र सार्वजनिक सुनुवाई सम्पन्न 

पदम जोरा,डडेल्धुरा


परशुराम नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को अर्धवार्षिक प्रगती समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को पहिलो र दोस्रो चौमासिकको प्रगति समिक्षा र सार्वजनिक सुनुवाई गरीएको छ ।
हाल सम्म नगरपालिका, विषयगत शाखा , वडा वाट भए गरेको विकास, निर्माण योजना , लक्षित कार्यक्रमहरुको प्रगती समिक्षा गरीएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले गाउँघरन्यूज लाई जानकारी दिए ।
नगर–प्रमुख भीम बहादुर साउँदको संयोजकत्वमा प्रगति समिक्षा र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सुरुमा विषयगत शाखा प्रमुखहरुले आर्थिक वर्ष २०७८/०७९ को प्रगती प्रस्तुत गरेका थिए ।
तत्त पश्चात सहभागिहरुको सवाल जवाफमुलक सार्वजनिक सुनवाई गरिएको हो ।
सार्वजनिक सुनुवाईको सहजीकरण पत्रकार महासंघ शूदुरपश्चिम प्रदेस कोषाध्यक्ष राम धामी गरेका थिए ।
सहभागिहरुका विभिन्न विषय माथि उठेका सवालहरुकको क्रमसः विषयगत शाखा प्रमुख , प्रमुख प्रशासकिय अधिकृत, न्यायिक समिति संयोजक तथा उप–प्रमुख र नगर–प्रमुखले जवाफ दिए ।
नगरापलिकाको नयाँ भवन शिद्वाथानमा कार्यक्रम सम्पन्न भएको हो ।

bb

Leave A Reply

Your email address will not be published.