भागेश्वर १ रुपाल वाट स्वतन्त्र उमेदवार बन्दै लोकप्रताप ठकुराठी

पदम जोरा, डडेल्धुरा


आउदो बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा डडेल्धुराको भागेश्वर गाउँपालिका वडा.न १ वाट वडा अध्यक्षमा लोकप्रताप ठकुराठी स्वतन्त्र उमेदवार बन्ने भएका छन ।
२५ वर्ष नेपाली शेनामा जागीरे नेपाली शेनाका पुर्व सुवेदार ठकुराठी अहिले सेवा निबृत भई गाउँमै समाजसेवामा जुटेका छन ।
अहिलेका कुनै पार्टी प्रति सन्तुष्ठ नदेखीने ठकुराठीले स्वतन्त्र उमेदवार वन्ने जानकारी गराएका छन ।
कुनै पनि पार्टीहरुले जनअपेक्षा अनुसारको काम नगरेको जनताको काम केहुन्छ ? कसरी गरिन्छ, भनी ति नेताहरुलाई सिकाउन आफु स्वतन्त्र उमेदवार बन्न लागेको उनले वताए ।
२०४६ साल देखी निरन्तर यिनै पार्टीहरु सत्ता र शक्तिमा रहने जव–जव चुनाव आयो अनि जनतामाझ गई झुट्टा भाषण, आश्वासन दिई गरिखाने वर्गलाई ठग्ने प्रबृतिको १ पटक अन्त गर्न  मेरो उमेदवारी हो ,ठकुराठीको तर्क छ ।
अहिले वडा तह देखी माथिल्लो निकाय सम्म भ्रष्टाचार अनियमितता मात्रै भईरहेको छ, देश र जनता प्रति कोही र कुनै पनि नेताहरु वफादार छैनन

डडेल्धुराको पुरानो बस्ती रुपाललाई अहिले सम्म भोट बैकंमा रुपमा लिने वडा.न १ वासीले कहीले सम्म १८ औं सताव्दीको जिवन जिउन जिउने उनले दुःखेसो सुनाए ।
यो बाध्यतालाई चिर्नु जरुरी छ ठकुराठीको भन्छन
नेपाली र नेपालको स्वाधिनता जोगाउन युवाहरु कुनै पार्टीको दाश र झोले नभई जनताप्रति वफादार हुनु पर्ने वेला छ, एक हुनु पर्छ भनी गाउँ–गाउँ र टोल–टोल भेटघाटमा रहेको उनले वताए ।
भागेश्वर वाट अभियान सुरु हुन्छ, बिभिन्न पार्टीवाट असन्तुष्ट, देश र जनता प्रति माया भएकाहरुको ठूलो संगठन बन्छ उनको भनाई छ ।
म पुर्व नेपाली शेना राष्ट्रसेवक हु, नेपाल आमा प्रति माया छ, नेपाल आमाको स्वाधिनता लुटिदैछ, नेताहरुलाई पिडा छैन, त्यसैले यो अभियान आफ्नो जन्मथलो वाट सुरु गरिदै छ ,

bb

Leave A Reply

Your email address will not be published.