आलितालमा जारी तेस्रो अध्यक्षकप भलिवल प्रतियोगिता सम्पन्न

पवीत्रा रोकामगर ,आलिताल

आलिताल गाउँपालिकाको आयोजनामा जारी तेस्रो अध्यक्षकप पालिका स्तरीय खुला भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
फागुन २४ गते देखी सुरु भएको प्रतियोगिता सुक्रवार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
सामाजीक विकास समीतीका अध्यक्ष गणेश कामीको सभापतित्व तथा गाउँपालिकाका अध्यक्ष बल बहादुर गुरुङको प्रमुख आतिथ्यतामा प्रतियोगीता सम्पन्न भएको हो ।
प्रतियोगिहरुलाई नगद पुरुस्कार,सम्मान, प्रमाण–पत्र,ट्रफि प्रदना गरि प्रतियोगिता सुक्रवार समापन भएको हो ।
प्रतियोगिता समापन समारोहलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष बल बहादुर गुरुङले गाउँपालकिामा खेल मैदानको अभाव रहेकाले छिट्टै व्यवस्थापन गरिने, कर्भडहल निमार्णका लागि पहल गरिने वताएका छन ।
आलिताल त्रवाट विगतमा पनि खेलाडी उत्पादन भई राष्ट्र र अन्तराष्ट्रमा चिनीएका छन अझै गाउँपालिका वाट युवा खेलाडी उत्पादन गर्न गाउँपालिका प्रतिवद्व रहको गुरुङले वताए ।
सोही अवसरमा जिल्ला स्तरीय, प्रदेश राष्ट्रिय प्रतियोगितामा सहभागि हुने गरी महिला पुरुष छुट्टा÷छुट्टै गाउँपालिकाको खेल समुह समेत गठन गरेको गाउँपालिका अध्यक्ष वल बहादुर गुरुङले जानकारी दिए ।
पालिका स्तरीय उक्त प्रतियोगितामा पुरुषतर्फ ९ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पुरुषतर्फ दुर्गा माद्यमिक बिद्यालय डोला प्रथम, वडा न ३ दोस्रो र वडा.न ५ ले तेस्रो स्थान हात पारेको राष्ट्रिय रेफ्रि धन बहादुर देउवाले गाउँघरन्यूज लाई जानकारी दिए ।
महिला तर्फको खेलमा चेतना कृर्षी शहकारी संस्था.लि. प्रथम ,दुर्गा माद्यमिक बिद्यालय डोला दोस्रो र वडा नं. ४ घरेलुले तेस्रो स्थान हात पारेको देउवाले वताए ।
प्रतियोगितामा प्रथम, द्वितिय र तितृय हुने समुहलाई आयोजकले क्रमः नगद पुरुस्कार मेडल ट्रफि र प्रमाण–पत्र प्रदान गरेको देउवाले वताए ।
प्रतियोगिताका उत्कृष्ठ खेलाडीहरुलाई समेत सम्मान र पुरुस्कृत गरीएको हो ।
गाउँपालिका परिसरमा उद्घाटन र समापन भएको प्रतियोगिताको अफिसियल मिडिया रेडियो परशुराम एफ.एम.९१.२ मेगाहर्ज, जोगबुडाले प्रतक्ष प्रसारण गरेको थियो ।

bb

Leave A Reply

Your email address will not be published.