ललिता साउँद ,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न ७ स्थित सादनी स्वास्थ्य चौकीको आर्थिक वर्ष २०७७/०७८–०७९ को सार्वजनीक सुनुवाई सम्पन्न भएको छ ।
स्वास्थ्य सेवालाई गुणस्तरीय र जनमुखी पार्ने उदेश्यका साथ सावैजनिक सुनवाई गरीएको हो ।
स्वास्थ्य चौकी सादनीले दिने सेवाको अवस्था, समस्या र चुनौती लगायतका विषयमा सार्वजनिक सुनुवाईमा सहजीकरण गरीएको हो ।
रेडियो परशुराम एफ.एम.जोगबुडाको सहजीकरणमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो ।
सादनी स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष्य तथा परशुराम नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष्य केशव वहादुर बोहराको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सहजीकरण रेडियो परशुराम एफ.एम ९१.२ मेघाहर्जका स्टेशन म्यानेजर तथा सहजकर्ता पदम जोरा र सह–सहजकर्ता रुपा नेपालीले गर्नु भएको हो ।
सवाल जवाफ सहितको उक्त सार्वजनिक सुनवाईमा सेवा ग्राहिहरुले आफ्नो जिज्ञासा राखेका थिए ।
सेवा ग्राहिको जिज्ञासा स्वास्थ्य शाखा जोगबुढाका संयोजक तेज बहादुर सिंह, वडा न. ७ का अध्यक्ष केशब बोहरा, स्वास्थ्य चौकी सादनीका ईन्चार्ज जय बहादुर धामीले प्रष्ट्याएका हुन ।
स्वास्थ्य चौकी सादनीले थप सेवामा ल्याव र फारमेसी सेवा समेत दिई रहेकोमा सेवा प्रभावकारी रहेको पाइएको छ ।
स्वास्थ्य शाखा जोगबुडाको आयोजनामा वडा.न ७ को सभाहलमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको थियो ।
