परशुराममा जारी मेयर, उप–मेयर कप भलिवल प्रतियोगिता सम्पन्न

पदम जोरा,डडेल्धुरा

राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ डडेल्धुराको परशुराम नगरपालिकाको आयोजनामा सुरु भएको तेस्रो नगर स्तरीय मेयर उप–मेयर कप महिला पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
फागुन ८ गते परशुराम नगरपालिकाका उप–प्रमुख कलावती देबी बोहराको सभापतित्व तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँदको प्रमुख आतिथ्यतामा उदघाटन भएको प्रतियोगिता बिहिवार सम्पन्न भएको प्रतियोगिता संयोजक तथा शिक्षाशाखा अधिकृत लक्ष्मी विष्टले गाउँघरन्यूज लाई जानकारी दिईन ।
नगरपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत तेस्रो नगर स्तरीय महिला पुरुष मेयर, उप–मेयरकप भलिवल प्रतियोगिता सञ्चालन गरिएको विष्टले भनाई छ ।
परशुराम नगरपालिका १२ स्थित परशुराम रंङ्गमैदानमा फागुन ८ गते देखि सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ १९ र महिला तर्फ ९ समुहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पुरुषतर्फ बिष्ट हार्डवेयर एण्ड जय लक्ष्मी राईस मिल(प्रथम) परशुराम नगरपालिका वडा.न.१० को कार्यालय(दोस्रो)प्याराडाईज इन्जिनियरिङ कन्सलटेन्सी (तेस्रो) भएको हो ।
महिला तर्फ त्रिबेणी बहुमुखी क्याम्पस जोगबुडा (प्रथम)परशुराम नगरपालिका वडा.न १ सलौन (दोस्रो) र धनुके सामुदायिक बन उपभोत्ता समुह परशुराम १२ माझापानी तेस्रो भएको प्रमुख रेफ्रि लक्ष्मण मडैले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने समुहलाई नगद ५० हजार सहित मेडल ट्रफि र प्रमाण–पत्र, दोस्रो हुने समुहलाई ३० हजार नगद सहित मेडल ट्रफि र प्रमाण–पत्र, तेस्रो हुने समुहलाई २० हजार नगद सहित मेडल ट्रफि र प्रमाण–पत्र प्रदान गरिएको छ ।
महिला तर्फ प्रथम हुने समुहलाई ३० हजार नगद सहित मेडल ट्रफि र प्रमाण–पत्र, दोस्रो हुने समुहलाई २० हजार नगद सहित मेडल ट्रफि र प्रमाण–पत्र , तेस्रो हुने समुहलाई १० हजार नगद सहित मेडल ट्रफि र प्रमाण–पत्र प्रदान गरिएको हो ।
प्रतियोगिताको अवसर पारी भलिवल खेल क्षेत्रका बिभिन्न ब्यक्रिहरुलाई दोसल्ला, नगद र सम्मान–पत्रद्वारा स्म्मान गरिएको नगरपालिकाले जनाएको छ ।
प्रतियोगिता स्वास्थ्य, भाईचारा सम्बन्ध मजबुद पार्ने व्याम आवश्यक हुने र हार जितका रुपमा प्रतियोगिता लिन नहुने शुभकामना दिने बक्ताहरुको भनाई थियो ।
प्रतियोगिताको अफिसियल मिडिया रेडियो परशुराम एफ.एम.ले प्रतक्ष प्रशारण गरेको थियो ।

bb

Leave A Reply

Your email address will not be published.