परशुराममा नगर स्तरीय भलिवल प्रतियोगिता सुरु

पदम जोरा, डडेल्धुरा


डडेल्धुराको परशुराम नगरपालिकामा मेयर, उप–मेयर कप तेस्रो महिला पुरुष नगर स्तरीय भलिवल प्रतियोगिता सुरु भएको छ ।


परशुराम नगरपालिकाका उप–प्रमुख कलावती देबी बोहराको सभापतित्व तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँदको प्रमुख आतिथ्यतामा आईतवार प्रतियोगिता उदघाटन भएको हो ।
राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ नगरपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत तेस्रो नगर स्तरीय खुल्ला महिला पुरुष मेयर, उप–मेयरकप भलिवल प्रतियोगिता उद्घाटन भएको हो ।
परशुराम नगरपालिका स्थित परशुराम रंङ्गमैदानमा आईतवार प्रतियोगिता उद्घाटन भएको नगरपालिका शिक्षाशाखा अधिकृत तथा प्रतियोगिता संयोजक लक्ष्मी विष्ट ले गाउँघरन्यूज लाई जानकारी दिईन ।
प्रतियोगितामा पुरुष तर्फ नगरपालिका भित्रका १९ समुह र महिला तर्फ ९ समुहको सहभागिता रहेको छ ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने समुहलाई नगद ५० हजार सहित मेडल ट्रफि र प्रमाण–पत्र, द्वितिय हुने समुहलाई ३० हजार नगद सहित मेडल ट्रफि र प्रमाण–पत्र, तृतिय हुने समुहलाई २० हजार नगद सहित मेडल ट्रफि र प्रमाण–पत्र प्रदान गर्ने प्रतियोगिता संयोजक लक्ष्मी विष्टले जानकारी दिईन ।
महिला तर्फ प्रथम हुने समुहलाई ३० हजार नगद सहित मेडल ट्रफि र प्रमाण–पत्र, द्वितिय हुने सुमहलाई २० हजार नगद सहित मेडल ट्रफि र प्रमाण–पत्र , तृतिय हुने समुहलाई १० हजार नगद सहित मेडल ट्रफि र प्रमाण–पत्र प्रदान गरिने भएको हो ।
प्रतियोगिता फागुन ११ गते सम्म सञ्चालन हुने प्रतियोगिता समिति सदस्य रविन्द्र कोलीले जानकारी दिए ।
आईतवार प्रतियोगिता उदघाटन गर्दै परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँदले डडेल्धुरा जिल्लाको भित्रीमधेष क्षेत्र खेलाडीहरु जन्माउने थलो भएकाले राष्ट्रिय रेफ्रि लक्ष्मन मडै, अन्तराष्ट्रिय खेलाडी भैरव बम, धनमाया कठायत जस्ता खेलाडीले शूदुर र डडेल्धुरालाई चिनाएको सुनाए ।
अझै सम्भावना बोकेको भित्रीमधेष खेलाडी उत्पादन गर्न मेयर,उपमेयर कप प्रतियोगिताले समेत  भुमीका खेल्ने र नगरपालिकाले पनि युवा/युवती लक्षित वडा, नगर स्तरीय  प्रतियोगितात्मक खेलकुदका कार्यक्रम सञ्चालन गर्ने गरेको उनले सुनाए ।
अनुशासन गतिशिलता लाई ध्यानमा राखि आगामी दिनमा शूदुर  र डडेल्धुराको , भित्रीमधेष वाट राष्ट्र र अन्तराष्ट्रमा खेलाडीहरु पुगेको हेर्ने   आफ्नो चाहना रहेको साउँद ले बताए ।
अनुशासित युवा देश र समाज रुपान्तरणका मेरुदण्ड भएकाले अनुशासित पुर्वक हारजित लाई सहजै स्वीकारी प्रतियोगिता सहभागि हुन समेत उनले निर्देशन दिएका हुन ।

bb

Leave A Reply

Your email address will not be published.