शिक्षक संघ परशुरामको दोस्रो अधिबेशन सम्पन्न

लक्ष्मन पार्की,डडेल्धुरा


नेपाल शिक्षक संघ परशुरामको दोस्रो चुनाबी अधिबेशन सम्पन्न भएको छ ।
नेपाल शिक्षक संघ परशुरामका अध्यक्ष करबिर सिहं बोहराको अध्यक्षता तथा नेपाली काँग्रेस डडेल्धुराका सभापति एबम् परशुराम नगरपालिका नगर–प्रमुख भिम बहादुर साउँदको प्रमुख अतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।


कार्यक्रमको बिशिष्ट अतिथिमा जिल्ला समन्वय समिति प्रमुख रत्नादेबी कामी, संविधानसभा सदस्य नरभान कामी, परशुराम नगरपालिका उप–प्रमुख कलावती देबी बोहरा,नेपाली काग्रेस महा समिति सदस्य रघुबर भट्ट, आलिताल गाउँपालिका अध्यक्ष बल बहादुर गुरुङ,नेपाल शिक्षक संघ शदूरपश्चिम प्रदेश उपाध्यक्ष चक्र बहादुर महर गन्यापधुरा गाउँपालिका अध्यक्ष नबल वहादुर मल्ल र शिक्षक संघ डडेल्धुरा अध्यक्ष कर्ण मडै रहनु भएको थियो ।
परशुराम नगरपालिका वडा.न १२ स्थित परशुरामरंग मैदानमा शनिवार उद्घाटन भएको चुनाबी अधिवेशनले भागेश्वर मा.बि. परशुराम २ वसौटीका प्रधानाध्यापक जगन्नाथ बोहराको अध्यक्षतामा २९ सदशियीय नयाँ नगर कार्य समिति सर्वसम्वत चयन भएको निर्वाचन कमिटी संयोजक तुल बहादुर बोहराले गाउँघरन्यूज लाई जानकारी दिए ।
शनिवार नै उद्घाटन सत्र समापन पश्चात भएको बन्दसत्रबाट अध्यक्षमा जगन्नाथ बोहरा, उपाध्यक्षमा, खगेश्वरी ढाटँ (महिला) केशव राज भट्ट, खुल्ला सचिवमा किरन बोहरा, अर्थ सचिवमा केशव दत्त भट्ट र सह–सचिवमा हरिदत्त जोशी,विश्ना भट्ट, कर्णदेब पाण्डेय र कल्पना भट्टराई सर्व सम्वत चयन भएका छन ।
सदस्यहरुमा दान बहादुर कठायत,गणेश सिंह साउँद, नवराज पनेरु,शेर बहादुर बोहरा,नरेन्द्र वहादुर शाही,चन्द्र बहादुर डाङी,लाल बहादुर धामी, लाल बहादुर नेगी,राजेन्द्र बोहरा, बाटुली धामी, राजेन्द्र भट्ट,नर बहादुर साउँद लल्मी जोशी, जमुना लुहार,मानमती खाती, दामोदर भट्ट,केदार कुमार कर्ण, शेर बहादुर धामी,शुनीता बोहरा र नन्दराज भट्ट चुनीएकाछन

दोस्रो चुनावी अधिबेसनको अवसरमा नेपाल शिक्षक संघमा आवद्व रहि शिक्षण सेवा गगरि दिंवंगत हुनुभएका स्व. १० जना शिक्षणहरुलाई मरणो परान्त सम्मान गरिएको छ ।
शिद्वनाथ मा.बि. न.पा. ६ चन्दनीका पुर्व प्रधानाध्यापक स्व.कृणदत्त पनेरु, शिवसंकर मा.बि.प.न.पा ७ सादनीका पुर्व प्रधानाध्यापक स्व.र्पमानन्द अवस्थी, जनज्वती मा.बि.प.न.पा. ३ सिमल्टाका पुर्व प्रधानाध्यापक स्व.नारायन सिंह थापा ,भागेश्वर मा.बि. प.न.पा. ३ शिर्षका पुर्व शिक्षक स्व.नारद दत्त पनेरु, भागेश्वर मा.बि. प.न.पा. ४ कटालका पुर्व शिक्षक स्व.दुर्गा दत्त अवस्थी,शिद्वनाथ मा.बि.प.न.पा.१२ जयपुर जोगबुडाका स्व.चन्द्र वहादुर साउँद र धन वहादुर कार्की लाई मरणेपरान्त कदर–पत्र द्वारा सम्मान गरिएको छ ।
त्यसै गरि २४ जना नेपाल शिक्षक संघमा आवद्व रहि शिक्षण सेवावाट निबृत हुनु भएका शिक्षक÷विद्यालय कर्मचारी÷वाल विकास सहजकर्ता मध्येवाट २४ जना लाई सम्मान गरिएको छ ।
नेपाल शिक्षक संघ शिक्षक संघमा आवद्व तथा परशुराम नगरपालिकाका बिभिन्न विद्यालयमा र्कायरत शिक्षक/विद्यालय कर्मचारी र वाल विकास सहजर्कतालाई समेत सम्मान गरिएको संघ का निर्वमान नगर अध्यक्ष करबीर सिंह बोहरा गाउँघरन्यूज लाई वताए।

bb

Leave A Reply

Your email address will not be published.