भित्रीमधेषमा छाडा चौपायाको विगविगी

पदम जोरा,जोगबुडा

डडेल्धुरा जिल्लाको भित्रीमधेष क्षेत्र परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा छाडा चौपायाको विगविगी बढेको छ ।
परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा छाडा चौपायाले दैनिक जसो गहु वाली खाई नष्ट गर्ने गरेको स्थानीयको गुनासो छ ।
छाडा चौपायाले राती र साझका समय सडक अवरुद्व गरि सवारी साधन तथा यात्रुहरुलाई समेत आवत जावतमा समस्या सृजना भई रहेको छ ।
बिशेस गरि दुध दिने वेला सम्म दुध दुने र त्यस पछि छोडीदिने परिपाटीका कारण यस क्षेत्रमा छाडाचौपायाहरुको संख्या बढी रहेको परशुराम १२ जोगबुडाका चन्द्र सिहं धामीले वताए ।
रातीको समयमा हुलका हुल आउने छाडा चौपायाहरुले गहु वाली खाई नष्ट गर्ने गरेका छन भने आफुहरुले गहु वाली जोगाउन जागरम बस्नु पर्ने वाध्यता धामीले सुनाए ।
जथाभाबी रुपमा छोडीएका छाडा चौपाया व्यवस्थापनका लागि परशुराम नगरपालिका र आलिताल गाउँपालिकाले पहल गर्नु पर्ने परशुराम १२ का स्थानीय लाल थापाको भनाई छ ।
स्थानीय नागरिकलाई जथाभावी छाडा चौपाया नछोड्न भनी कडा निर्देशन गर्न सके केही हद सम्म यो परिपाटी अन्त हुने उनले वताए ।
नगरपालिका र आलिताल गाउँपालिका वाट मात्र नभई कञ्चनपुर जिल्लाको सिमा नाका भएर पनि भित्री मधेषमा छाडा चौपाया आउने गरेका छन ।
यो अहिलेको मात्रै समस्या होईन विगतका वर्षहरुमा पनि भित्रीमधेषमा छाडा चौपायाले दुःख दिने गरेको उनले सुनाए ।

bb

Leave A Reply

Your email address will not be published.