पदम जोरा,डडेल्धुरा
परशुराम नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले शिक्षक हरुका लागि २ दिने पुर्नताजगी तालिमको आयोजना गरेको छ ।
नगरपालिका भित्रका सम्पुर्ण सामुदायिक बिद्यालयका शिक्षकहरुलाई २ दिने पुर्नताजगी तालिम दिईने शिक्षा शाखा अधिकृत लक्ष्मी बिष्ट गाउँघरन्यूजलाई जानकारी दिए ।
नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत शैक्षिक कार्यक्रम अन्तरगत तालिम आयोजना गरिएको अधिकृत विष्टले वताईन ।
परशुराम नगरपालिकाका कार्यवाहक नगर–प्रमुख तथा उप–प्रमुख कलावती देबी बोहराको अध्यक्षता तथा निमित्त प्रमुख प्रशासकिय अधिकृत कृष्णदेब जोशीको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन भएको हो ।
उक्त तालिमको बिशिष्ठ अतिथिमा परशुराम नगरपालिका वडा.न १२ का वडा अध्यक्ष गणेश प्रशाद जोशी रहेका थिए ।
तालिममा नगरपालिकाका कक्षा १–५ सम्मका करिव ६० जना सामुदायिक बिद्यालयका शिक्षकहरुको सहभागिता रहेको छ ।
समय सापेक्षा नयाँ ज्ञान सिप आदान प्रदान स्वरुप तालिम अति नै अपरिर्हाय रहेको अधिकृत विष्टको भनाई छ ।
संघियताको नयाँ संरचना स्वरुप युग सुहाउदो शिक्षण सिकाई गरि कक्षा १ देखी ५ सम्मका नानीवाबुहरुको सिक्षण सिकाई क्रियाकलापमा प्राथमिक तहका शिक्षकहरु लाई अति नै कठिनाई छ , सो कठिनाई लाई चिर्दै युग सुहाउदो शिक्षण सिकाईमा सहजताका लागि तालिम प्रभावकारी हुनुे सहभागिहरुको शिक्षकहरुको भनाई छ ।
पुर्नताजगी तालिम वाट ज्ञान सिप, आदान प्रदान तथा सिकाई क्रियाकलापमा एकरुपता आउने कार्यक्रमका प्रमुख अतिथि तथा नगरपालिकाका योजना अधिकृत कृष्णदेब जोशीले वताए ।
शिक्षक कुमाले हुुन यो देशमा जे जती राम्रा न राम्रा कार्य भएका छन, जे जती ईतिहास रचिएका छन , ईतिहासकार, शाहित्यकार, लेखक, डाक्टर, पाईलट, ईन्जीनियर, नेता, आदिको भाग्य रेखा कोर्ने शिक्षक गुरु हरु रहेको । कार्यवाहक नगर–प्रमुख कलावती देबी बोहराले वताईन ।
तर राज्यले शिक्षण पेषा लाई शिक्षकलाई मर्यादित रुपमा आजका दिन सम्म पनि हेर्न नसकेको उनले धारणा राखिन ।
मर्यादित पषालाई प्रभावकारी वनाई पेषा प्रति र समाज रुपान्तरणका प्रतिबद्व हुन समेत उप–प्रमुख बोहराले धारण व्यक्त गरिन ।
शिक्षक गुरुहरु आमा पछिको पहिलो गुरु हुन कतिपय बिश्लेसकले शिक्षकलाई कुमाले त कतिले समाजको ऐनाको संज्ञा दिने गरेका छन ।
काचो माटोलाई निकै मेहनतका साथ सुन्दर आकार दिई सुन्दर मुर्ति निर्माण गर्ने गुरुहरु कुमाले पनि हुन, समाज रुपान्तरण गर्ने ऐना रहेका उनले वताईन ।
उक्त २ दि पुर्नताजगी तालिममा शिक्षक मदन राजन भट्ट, शिक्षा शाखा अधिकृत लक्ष्मी विष्टले प्रशिक्षण दिनु हुने शाखाका प्राबिधिक सहायक महेश भट्टले जानकारी दिए ।
