परशुराममा गरिब घर परिवार पहिचान विषयक अन्तरक्रिया

पदम जोरा,डडेल्धुरा

डडेल्धुराको परशुराम नगरपालिकाले गरिब घर परिवार पहिचान कार्यक्रम विषयक अन्तरक्रिया कार्यक्रम समपन्न गरेको छ ।
नगरपालिकाका कार्यवाहक नगर–प्रमुख कलावती देबी बोहराको संयोजकत्वमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम परशुराम नगरपालिकामा २०७६ असाढ देखी २०७६ पौष मसान्त सम्म सञ्चालन भई तथ्याङक संकलन गरिएको थियो ।
नगरपालिकाको गरिव घर परिवारको लगत संकलन गर्न नगरपालिकाले ६ जना गणक र १ जना सुपरबेक्षक नियुक्त गरि १२ वटै वडामा घर दैला गरि तथ्याङक संकलन गरेको थियो ।
मन्त्रालयले जारी गरेको गरिव परिवार पहिचान तथा परिचय पत्र वितरण निर्देशिका २०७५ वमोजीम गणकहरुले संकलन गरेको तथ्याङ रुजु गरि सुपरीवेक्षिकले मन्त्रलय पठाएको थियो ।
मन्त्रालयले गरिव घर परिवार पहिचानको प्रारम्भीक सूची प्रकासित गरि नगरपालिकालाई पनि पठाई सकेको छ ।
नगरपालिकालाई पठाएको प्रारम्भीक तथ्याङ कही कतै ऋटि भएको जन गुनासो बढेको छ ।
जनगुनसो स्वाभाविक रहेको देखीन्छ गरिव घर परिवारको लिष्टमा पर्नु पर्ने व्यक्ति नपरेको पर्नु पर्ने छुटे पछि अलोजना बढेको हो ।
उक्त ऋटि सच्यान र गुनसो सुन्नका लागि मन्त्रालयको कार्यबिधी २०७८ मा नै गुनासो सुनवाई सहजकर्ता समेत नियुक्त गरि सेकेको छ ।
गुनासो दर्ता २०७८ माघ २८ गते कार्यलय समय भित्र परशुराम नगरपालिामा गर्नु पर्ने समेत नगरपालिकाले जनाएको छ ।
गुनासो सुन्नका लागि आवश्यक सुचाङक सहित तोकिएका अनुसचुी भर्नु पर्ने नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले गाउँघर न्यूजलाई जानकारी दिए ।
मन्त्रालयवाट आएको प्रारम्भीक तथ्याङकमा केही ऋटि पाइएमो जन गुनसो बढ्दै गएकाले सो गुनासो न्यूनीकरणका लागि नगरपालिकाले १५ दिने सुचना तथा गुनासो अर्थात उजुरी गर्र्न सक्ने व्यवस्था अनुसार प्रकृया अगाडी बढाएको पनेरुको भनाई छ ।
गरिब घर परिवारको सुचीमा नपर्नु पर्ने व्यक्ति परेको र पर्नु पर्ने व्यत्ति वा घरमुली नपरेको गुनासो सहजकर्ता मार्फत तोकिएका अनसुची फाराम भरी ऋटि सच्यान सकिने नगरपालिकाले जनाएको छ ।
घरमुली घरमा न भेटीनु, भेटीएमा पनि वास्तवीक तथ्याङक गणकलाई उपलब्ध नगराउदा प्रारम्भीक तथ्याङकमा ऋटि भएको हुन सक्ने नगरपालिकाले जनाएको छ ।

अहिले यो अन्तीम तथ्याङ समेत नभएकाले न आत्ति कन सत्य तथ्य विवरण भर्न भराउन सबैमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले जानकारी
यसै विषयमा आजको सन्दर्भ विशेसमा सुनौ परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानथ पनेरु संगकोृ बिशेस कुराकानी ।

bb

Leave A Reply

Your email address will not be published.