परशुरामतीर्थमा व्रह्माण्ड महापुराण ज्ञान महायज्ञ समापन

पदम जोरा,डडेल्धुरा


डडेल्धुराको परशुराम नगरपालिका वडा.न ५ परिगाउँमा अवस्थित परशुरामधाममा सञ्चालित ९ दिने व्रहमाण्ड महापुराण, ज्ञान महायज्ञ सम्पन्न भएको छ ।


क्षेत्र बिकास सतिति अध्यक्ष गणेश प्रशाद जोशीको अध्यक्षता तथा परशुराम नगरपालिकाका नगर–प्रमुुख भीम बहादुर साउँदको प्रमुख आतिथ्यतामा यज्ञ बिधिवत समापन भएको छ ।
धनगडी,कैलाली निवासी सत्यराज अवस्थीको व्यक्तिगत लगानी र परशुराम नगरपालिकाको प्रायोजनमा ९ दिन सम्म यज्ञ सञ्चालन भएको थियो ।
परशुरामतिर्थको विकास तथा राष्ट्र र अन्तराष्ट्रमा चिनाउने , बिस्वव्यापी कोरोना भाईरस महामारीको रोकथाम नियन्त्रण, सनातन हिन्दुत्व जोगाउने, बैदीक हिन्दुधर्मको व्याख्या गर्न, हिन्दुवादीहरुलाई बिभिन्न प्रलोभनमा पारी धर्म परिर्वतन गर्नेहरुलाई खवदारी दिन, धनलोभ र भौतिक सुख, शैलमा लिप्त समाजलाई आध्यात्म तर्फ आकर्षण गर्ने मुख्य उदेश्यका साथ यज्ञको आयाृेजना गरीएको कथावचक तथा मुख्य कर्ता सत्यराज अवस्थीले जानकारी दिएकाछन ।
आम नेपाली, शूदुरपश्चिमवासी डडेल्धुरावासी, परशुरामवासीहरुमा आध्यात्मीक चिन्तन ध्यान केन्द्रीत गर्न महायज्ञको आयोजना गरीएको अवस्थीले जानकारी दिए ।
परशुराम नगरपालिकाका नगर–प्रमुख तथा काँग्रेस डडेल्धुराका सभापती भीम बहादुर साउँदको अध्यक्षता तथा शुदूरपश्चिम प्रदेशका शांसद पठान सिंह बोहराको प्रमुख आतिथ्यता र परशुराम नगरपालिकाका उप–प्रमुख कलावती देबी बोहरोको बिशिष्ठ आतिथ्यताममा मकर स्नानका दिन अर्थात माघ १ गते महायज्ञ उद्घाटन गरिएको थियो ।
आईतवार परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँदको प्रमुख आतिथ्यता तथा उप–प्रमुख कलावती देबी बोहराको बिशिष्ठ आतिथ्यतामा महायज्ञ समापन भएको क्षेत्र बिकास समितले जनाएको छ ।
उक्त महा–यज्ञको मुख्य वाचक तथा कर्ता धनगडी निवासी आचार्य सत्यराज अवस्थी रहनु भएको थियो ।

bb

Leave A Reply

Your email address will not be published.