परशुराम नगरपालिकाले पठायो विपद प्रभावितको लगत

पदम जोरा,डडेल्धुरा

डडेल्धुराको परशुराम नगरपालिकाले विपद् प्रभावितको लगत संकलन गरि राष्ट्रिय विपद् जोखीम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लाईं पठाएको छ ।


नेपाल सरकार राष्ट्रिय विपद् जोखीम न्यूनीकरण ,व्यवस्थापन प्राधिकरणले परशुराम नगरपालिकालाई संकटग्रष्त क्षेत्रको सुचीमा राखि लगत संकलन गरि पठाउन परिपत्र जारी गरेको थियो ।
मनसुनजन्य र प्राकृतिक विपद् वाट निजि आवासमा भएको क्षतीको निरिक्षण गरि सुरक्षित आवास, पुर्ननिर्माण, पुनस्थापन र मर्मत स्वरुप राहत दिने प्राधिकरणको कार्यबिधी २०७७ मा उल्लेख छ ।
परशुराम नगरपालिकाले पनि नगरपालिकाका १२ वटै वडा वाट लगत संकलन गरि जिल्ला प्रशासन कार्यलय, डडेल्धुरा मार्पmत राष्ट्रिय विपद् जोखीम न्यूनीकरण, व्यवस्थापन प्राधिकरण काठमाण्डौं पठाएको परशुराम नगरपालिकाका प्रमुख प्रसाकिय अधिकृत तारानाथ पनेरुले गाउँघरन्यूजलाई जानकारी दिए ।
ंमिति २०७७ जेठ ३० गते देखी चालु आर्थिक वर्षको अवधीमा मनसुनजन्य विपद् र प्राकृतिक विपद्वाट निजी अवासमा पुगाएको क्षती एकिन गरि पठाईएको उनले जानकारी दिए ।
सरकारले पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यबिधी २०७७ निर्माण गरी राहत अनुदान कार्यक्रम सञ्चालन गरेको छ ।
सरकारले मनसुनवाट निजि अवासमा भएको क्षती एकिन गरि तीन चरणमा तीन प्रकारको राहत÷अनुदान दिने भएकाले उक्त लगत रुजु गरि जिल्ला प्रशासन कार्यालय डडेल्धुरा मार्फत केन्द्र पठाएको उनले जानकारी दिए ।
कुन–कुन प्रकारको अनुदान कसरी प्राप्त हुन्छ त , प्रमुख प्रशासकिय अधिकृत तारानथ पनेरु भनाई ।
माथिका सबै सुचाङको आधारमा केन्द्र सरकारले प्रवलीकरण(मर्मत)को लागि ५० हजार, निजि आवास पुर्नर्निमाणका लागि ४ लाख र पुर्नस्थपनाका लागि जग्गा खरिदका लागि ३ लाख , निजि आवास निर्माणका लागि ४ लाख गरि प्राबिधिकको रिर्पोटका आधारमा तिन चरणमा राहत दिईनेछ, विवरण प्रहरी मुचुल्का, सिफारिस झुट्टा पाइएमा नियमानुसार कारवाही विगो असुल गरीन्छ ।

नगरपालिकाका १२ वटै वडामा मनुसन, लगायत बिभिन्न प्राकृतिक प्रकोपवाट निजि निवासमा पुगाएको क्षती न्यूनीकरण गर्ने उदेश्यले डडेल्धुराको अजयमेरु, भागेश्वर बाहेकका ५ वटै स्थानीयतहमा कार्यक्रम सञ्चालन हुने भएको छ ।
मनसुन र प्राकृतिक प्रकोप वाट आवासमा स्थानीय ,प्रदेश र केन्द्र सरकारले अनुदान दिने भएको उनले गाउँघरन्यूजलाई जानकारी दिए ।

bb

Leave A Reply

Your email address will not be published.