पदम जोरा,डडेल्धुरा
नेपाली काँग्रेस परशुरामका सभापती भरत वडायर जोशीले बिकास समृद्वि सुशासन ग्रामिण अर्थात दुर्गम वस्तीवाट हुनु पर्ने वताएका छन ।
नेपाली काँग्रेस वार्ड कार्य समिति परशुराम २ ले वसौटीमा आयोजना गरेको टोल कमिटि गठन तथा कार्यकर्ता भेटघाट कार्यक्रम लाई सम्बोधन गर्दै सभापती जोशीले शहर केन्द्रीत विकास लाई अव र्दुगम र ग्रामिण क्षेत्रमा पुगाउनु अवश्यक रहेको वताएकाछन ।
सरकारको २० प्रतिशत वजेट र्दुगम र ग्रामिण क्षेत्रमा मात्रै पुग्ने हो भने सदुपयोग र जनमुखी कामको प्रसंशा हुने बताए ।
बिकास क्रमागत रुपमा हुने प्रकृया हो । सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, क्षेत्रमा बसौटीमा अझै समस्या रहेको सुनाउदै जोशीले भने शुदूरपश्चिमको छोरो प्रधानमन्त्री रहेकाले अव विकास पश्चिम वाट हुने र साच्चीकै बिकासमा पश्चिमको ढोका खुलेको खुलेको वताए ।
गृह जिल्ला डडेल्धुराका १२ सडक स्तरोन्नतीका लागि ३१ करोड वजेट विनीयोजन भएको सुनाउदै उनले भने , हाम्रो चाहना पनि जनताको सेवा गर्नु हो । नकी , पैसा कमाउनु, जनतालाई ठग्नु, लुटनु हो ।
देश र जनता प्रति नेपाली काँग्रेस मात्रै माया छ, त्यो अधिक नेपाली जनताले बुझेका छन ।
दुई तिहाई नजिकको सरकार सत्ता र शक्तिले मात्तीएर काँग्रेस लाई गुहारेको जनताले देखीसकेकाछन ।
यसै परशुराम नगरपालिमा पनि एमाले , माओवादीका साथीहरुले कार्यकर्ता फकाउने, भुल्याउने, बिजुली दिन्छौ, पोल दिन्छौ, खानेपानी दिन्छौ ,सिचाई दिन्छौ, जागीर दिन्छौ भनेर भुलाउने जमाना अव नरहेको जोशी वताए ।
सत्ता,कुर्सिका लागि मारामार गर्नेको जनताले विश्वास गुमाई सकेको र काँग्रेस जनताको सारथी भई गरिबी , बेरोजगारी, र बिकास शान्ती, सुशासनको लडाई लड्न तयार रहेको उनले प्रतिबद्वता जनाए ।
काँग्रेस परशुराम नगरपालिका वडा.न २ का वार्ड सभापति रमेश बोहराको अध्यक्षता र नगर सभापती भरत वडायर जोशीको प्रमुख आतिथ्यताका वसौटीमा टोल कमिटि गठन गरीएको वार्ड सभापती रमेश वोहराले गाउँघरन्यूजलाई जानकारी दिए ।
कार्यक्रमको बिशिष्ठ अतिथीमा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य अजुर्न साउँद नगर उपसभापती राज बहादुर बोहरा रहनु भएको थियो । वडाका सबै कार्यकर्ताहरुको सभागितामा टोल कमिटि सेमत गठन गरीएको छ ।
