काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराले २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गरेको छ। जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णय बमोजिम २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गरिएको कांग्रेस डडेल्धुराका सभापति भीम बहादुर साउदले गाउँघरन्युजलाई जानकारी दिए ।
साथै, जिल्लामा संचालन भइरहेको टोल समिति गठन प्रक्रिया पनि तत्कालका लागि रोकिएको उनले बताए ।
डडेल्धुरा कांग्रेसका सचिव हेमराज चटौतले बुधबार एक विज्ञप्ति जारी गर्दै कोभिड-१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टीका २५ जनाभन्दा बढी सहभागिता रहने सबै कार्यक्रमहरू स्थगित गरिएको जानकारी दिएका छन् ।
साथै, सबै नेता-कार्यकर्ता र जनप्रतिनिधिहरुलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि नेपाली कांग्रेस डडेल्धुराले निर्देशन दिएको छ।
