पदम जोरा
नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र जोगबुडाको सव स्टेसनको निर्माण कार्य सुरु भएको छ ।
उक्त सव स्टेसन निर्माणको उदघाटन परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँदले गरेका छन ।
आईतवार नगरपालिकाको वडा.न १२ स्थित खैरेनीमा सव स्टेसन निमार्ण कार्य सुरु भएको हो ।
बिविध कारणले लामो समय देखि निर्माण कार्य रोकिएकोमा आईतवार वाट सव स्टेसन निर्माण भएको नगर–प्रमुख साउँदले गाउँघरन्यूज लाई जानकारी दिएका छन ।
टेण्डर प्रक्रिया अगाढिी बढी निर्माण कार्य समेत सुरु भएकाले अवर अगाढी
जोगबुुडावाट र्दुगम बस्ती प्राथमिकताका आधारमा विधुत सेवा बिस्तार गरिने साउँदले जानकारी दिएका छन ।
२०७७ साल फागुन देखि बिधुत प्राधिकरण डडेल्धुराले सिंगल फेज लाईन, जडान र मिटर जडान, खरिदका लागि सदरमुकाम जाने समस्या न्यूनीकरण गरि जोगवुडावाट सेवा विस्तार गरेको थियो ।
