पदम जोरा,डडेल्धुरा
नेपाली काँग्रेस अजयमेरु गाउँपालिका सभापती टेकराज पाण्डेयले अवको डडेल्धुरा काँग्रेस सवल,सक्षम र शसक्त बन्ने उदघोष गरेका छन ।
नेपाली काँग्रेस जिल्ला कार्य समिति,डडेल्धुराले परशुरामधाममा आयोजना गरेको ४६ औं राष्ट्रिय मेलमिलाप दिवस तथा विचार गोष्ठीमा पाण्डेय सो कुरा उदघोष गरेका हुन ।
पबित्र परशुरामतीर्थमा सम्पन्न मेलमिलाप दिवसले आन्तरीक पार्टीको चुनावमा हारेका र जितेका लाई एक वनाउने परशुराम भगवानले शक्ति दिनेमा समेत आफु विश्वस्त रहेको उनले धारणा ब्यक्त गरे ।
पार्टीको आन्तरीक प्रतिस्पर्दा लाई हार नमानी र जितेकाले पनि पराजित साथीलाई मिलाएर जानु पर्ने र अवको स्थानीय तहको निर्वाचनमा ५२ वटै वडा र ७ वटै पालिका जित्ने रणनिती बनाउ पाण्डेयले भने ।
‘काँग्रेस सवल र सक्षम शसक्त बन्छ आजको मेलमिलाप दिवसले सार्थकता पाउछ ’।
आन्तरीक पार्टीको चुनाव भनेको प्रजातान्त्रीक पद्वतिको सुनौलो अभ्यास हो । प्रतिपक्षि पार्टी संग प्रतिस्पर्दामा लागि हामी सबै मिलेर जानु आजको टट्कारो आवश्यकता रहेको उनले वताए ।
काँग्रेस डडेल्धुराका सभापती भीम बहादुर साउँदको सभापतित्व तथा काँग्रेस महासमित सदस्य रघुबर भट्टको प्रमुख आतिथ्यतामा जिल्लाको परशुराम नगरपालिका वडा.न ५ परशुरामधाममा ४६ औं राष्ट्रिय मेलमिलाप तथा विचार गोष्ठी मनाइएको हो ।
कार्यक्रममा काँग्रेसका बिभिन्न तह, तप्काका नेता तथा कार्यकताहरुको उपस्थिती रहेको थियो ।
