पदम जोरा, डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न ५ मा रहेको श्री भुवनेश्वरी नमुना माद्यमिक बिद्यालयले सरसफाई सन्देश सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।
वार्षिक शैक्षिक कार्यक्रममा बिद्यालयले एक दिन समुदायका लागि कार्यक्रम समेटेको छ ।
सोही बार्षिक शैक्षिक कार्यक्रम अनरुप विद्यालय सेवा क्षेत्रको गाउँ, समुदाय, टोल र वस्ती सरसफाई गरीएको विद्यालयका प्रधानाध्यापक डम्बर सिंह थ्वाल गाउँघरन्युजलाई जानकारी दिए ।
बिद्यालयका कक्षा ६ देखी १२ सम्मका छात्र÷छात्राहरुलाई चार वटा सदनमा विभाजन गरि परशुरामतीर्थ हुदै विद्यालय सेवा क्षेत्र भित्रको गाउँ, टोल बस्तीमा सरसफाई अभियान सुरु गरेको प्र.अ.थ्वालले जानकारी दिए ।
फरक सदन र फरक सुमह वनाई सदन शिक्षक सहित सहभागिा विद्यार्थीहरुले समुदायमा रहेका बिभिन्न फोहर मैला संकलन गरि जलाएको र जथाभावी नसड्ने,खालका फोहर वस्तुहरु छरपष्ट न फाल्न सचेतना दिई रहेको सहभागि विद्यार्थीहरुले जानकारी दिए ।
