रुडुक ट्रोसाको पहलमा शसक्त वन्दै महिला

पदम जोरा,डडेल्धुरा 

समाज रुपान्तरण र गाउँ, बस्तीका महिलाको उत्थानका क्षेत्रमा बि.स. २०५१ साल देखी क्रियाशिल ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) द्वारा सञ्चालित ट्रोसा परियोजनाको पहलमा महिलाहरु शसक्त बन्दै गएका छन ।

परियोजनाको पहलमा डडेल्धुराको परशुराम नगरपालिकाका महिलाहरु शसक्त बन्दै गएका छन । परियोजनाको प्रगति समिक्षामा महिलाहरुको निर्धक्कता, आफ्ना सवाल, समस्या, गुनासा, सरोकारवाला समक्ष राख्ने क्षमता , कौतुहलताले शसक्त बनेको पाइएको हो । परियोजना लक्षित वडा.न ५ र ६ का शसक्तिकरण केन्द्रका महिलाहरुले आफै निर्णय गर्न सक्ने, माईनेटिङ, प्रस्तावना लेख्न सक्ने पाईएको परियोजना अधिकृत अम्मर साउँदले गाउँघरन्यूज लाई जानकारी दिए ।

चुलो र चौको, दैलो पोत्ने,गाई गोठ सोर्होने र घास काट्ने काममा व्यस्त रहने महिलाहरु रुडुकको पहलमा अहिले अगाडी बढेका छन, वडा स्तरमै बिभिन्न दिवस मनाउने, महिला लक्षित वजेट लाई सदुपयोग गरि कार्यक्रम सञ्चालन गर्न सफल पाईएको वडा.न ६ का वडा अध्यक्ष खगेन्द्र बहादुर सिंहको भनाई छ ।

परशुराम नगरपालिका वडा.न ५ को शसक्तिकरण केन्द्रका महिलाहरुले पानी सुद्वता परिक्षण , परशुरामतीर्थ सरसफाई, महिला हिंसा न्यूनीकरण ,मदिरा सेवन बिक्रि वितरण व्यवस्थापन गर्नमा सकृयता देखीनु र खानेपानीको अभाव रहेको परशुराम ५ र ६ का महिलाहरुले डिप वोरिङ माग गर्नु पनि (ट्रोसा) को उपलब्धी भएको ‘परशुराम नगरपालिकाका उप–प्रमुख कलावती देबी बोहराको भनाई छ ।

महिला उत्थानशिलतामा क्रियाशिल परियोजनाले जिल्लाको परशुराम नगरपालिकाका २ वटा वडामा ५ वटा शसक्तिकरण केन्द्र स्थापना गरि महिला उत्थानशिलताका क्षेत्रमा कृयाशिल रहेको र कार्यक्रम सारै प्रभावकारी रहेको वडा.न ५ का वडा अध्यक्ष मिन बहादुर चन्दको भनाई छ ।

परशुराम नगरपालिकाका वडा.न ५ र ६ मा सञ्चालनमा रहेको परियोजनाको परिगाउँ र कुणामा प्रगती समिक्षा सम्पन्न भएको परियोजना अधिकृत अम्मर साउँद ले जानकारी दिए । परियोजनाले परशुराम वडा.न ६ कुणामा भागेश्वरी महिला शसक्तिकरण केन्द्र, शिद्वनाथ शसक्तिकरण केन्द्र (छेला) र सृजना सशक्तिकरण केन्द्र (तातापानी) र वडा.न ५ मा बहादुरे महिला शसक्तिकरण केन्द्र र शिबसक्ति महिला शसक्तिकरण केन्द्र गठन गरि महिलाहरु गोलबद्व गरी रहेको छ ।

परियोजनाले उक्त संगठीत महिलाहरुलाई तालिम, गोष्ठी, पैरबी, छलफल, बचतका क्षेत्रमा सिकाई रहेको परियोजनाका सामाजिक परिचालक सुमन भट्ट को भनाई छ । यति मात्रै पुग्दैन अझ महिलाई व्यवसाय र नदी जन्य बस्तुको उत्खनन गरि के कसरी आय आर्जन संग जोड्न सकिन्छ परियोजनाको माथिल्लो निकायमा छलफल भई रहेको रुडकु डडेल्धुरा कार्यकारी निर्दशक सरस्वती खड्काले वताईन ।

bb

Leave A Reply

Your email address will not be published.