
डडेल्धुरा : परशुराम नगरपालिका वडा सदस्यमाथि दुर्व्यवहार गरेको आरोपमा माओवादी केन्द्र परशुरामका नगर अध्यक्ष शेरसिह माल पक्राउ परेका छन्। नेकपा (माओवादी केन्द्र) परशुराम नगर कमिटिका अध्यक्ष शेरसिँह माल ‘डायमण्ड’ लाई प्रहरीले डडेल्धुरा सदरमुकामबाट पक्राउ गरेको हो।
माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य राजमति ऐरलाई दुव्र्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दका अनुसार दुव्र्यबहार गरेको भन्दै उजुरी परेपछि पक्राउ गरिएको हो।
मंसिर दोस्रो साता परशुराम नगरपालिका वडा नम्बर ३ की वडा सदस्य ऐर आफ्नो घर शिर्षबाट लालढुंगा बजार जाँदै गर्दा रगुन पुलमा उनी दुर्व्यवहार भएकाे भनी उजुरी परेकाे थियाे । आफ्नो दाँतको उपचार गर्न र नेपाली काँग्रेस नवनिर्वाचित समितिलाइ सम्मान कार्यक्रममा जादै गर्दा बिचबाटाेमा राेकेर दुर्व्यवहार गरेकाे भनी एेर उजुरी दिएकी थिइन् ।
