पदम जोरा,डडेल्धुरा
तत्कालिन शासक बिरुद्व संघर्षका दौरानमा नेपाली काँग्रेसका केन्द्रीय सभापती शेर बहादुर देउवा संगै पटक–पटक जेल जिवन विताएका काँग्रेस डडेल्धुराका पुर्व सभापति रघुवर भट्टले शूदुरपश्चिम प्रदेश समिति उप–सभापतिमा पदमा उमेदवारी दिएकाछन ।
बिद्यार्थी राजनितैतिक कालखण्ड देखी निरन्तर पार्टीमा उच्च स्थान वनाएका नेता भट्टले मंसिर १८ गते धनगडीमा सम्पन्न हुने शुदूरपश्चिम प्रदेश अधिबेसशनमा उप–सभापतिमा पदमा उमेदवारी दिएका हुन ।
शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरा वाट उनले उपाध्यमा पदमा उमेदवारी दिएका गाउँघरन्यूज लाई जानकारी दिए ।
शुदूरपश्चिम प्रदेशमा आफ्नो वलियो पकड र पहिचान बनाएका भट्ट अहिले प्रनिनिधी पार्षद माझ मत मागि रहेका छन ।
शुदूरपश्चिम प्रदेशका सबै जिल्लावाट धनगडीमा प्रदेश अधिबेसशन प्रतिनिधी पुगी सकेकाछन, काँग्रेस सुभेच्छुकको समेत धनगडमी उल्लेखनीय सहभागिता रहेको छ ।
पटक–पटक जेल जिवन विताएका र पार्टीका लागि कटिबद्व रहेकाले भट्टको पक्षमा अधिकान्स प्रतिनिधिीहरुको साहन भुती रहेको छ ।
