रमेश पनेरु ,जोगबुडा
डडेल्धुराको परशुराम नगरपालिकामा तिन साता देखी ईन्टरनेट सेवा अवरुद्व रहेको छ ।
यस क्षेत्रमा हरेक दिन साझ र बिहान ईन्टरनेट र फोन सेवा अवरुद्व हुने गरेको सेवा ग्राहिहरुको गुनासो छ ।
ईन्टरनेट र टेलिफोन सेवा साझ बिहान अवरुद्व हुने गर्दा सरकारी कामकाज तथा स्थानीय दुई वटा परशुराम र रंगुन एफ.एम.मा समेत समाचार प्रशारण र प्रकाशनमा समस्या भएको सञ्चारकर्मीहरुको भनाई छ ।
सञ्चारकर्मीहरुको भनाई अनुसार साझ ७ तिस बजेवाट टेलिफोन सेवा समेत अवरुद्व हने हुदाँ रेडियोका फोनिङ कार्यक्रम प्रसारणमा बाधा रहेकोे रंगुन एफ.एम.का स्टेसन म्यानेजर रमेश धामीको भनाई छ ।
एफ.एम.लाई मात्र होईन उक्त समस्याले परशुराम नगरपालिकाको हरेक दिन हुने गतिबिधी वईवसाईटमा अपलोडमा समस्या भई रहेको नगरपालिकाले जनाएको छ ।
उक्त समस्याका वारेमा नेपाल टेलिकम, डडेल्धुरा र अत्तरीयामा समेत जानकारी गराउदा कुनै सु्नवाई नभएको रेडियो परशुराम एफ.एम.का स्टेशसन म्यानेजर पदम जोराले गाउँघरन्यूज लाई जानकारी दिए ।
हरेक दिन स्थानीय ,राष्ट्रिय समाचार गतिबिधी सम्प्रेषणमा समेत समस्या भई रहेको पदम जोराको भनाई छ ।
अनलाईन समाचार सम्पे्रषणमा समेत बाधा भई रहेको र फोन सेवा समेत अवरुद्व भई दिदा झन अप्ठेरो भई रहेको स्थानीय जनक थापाको भनाई छ ।
थापाले भने, समाचार,सुन्न पाईन्न, स्थानीय एफ.एम. रेडियो वाट फोनिङ कार्यक्रम सुन्न पाईन्न,कहाँ के भई रहेको छ, सामाजिक सञ्जाल र अनलाईन खवर वाट आम पाठक र श्रोतालाई समेत समस्या सृजना भएको छ ।
