पदम जोरा,डडेल्धुरा
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुरा जिल्लाको वडा र पालिका अधिवेशनलाई वैधता दिएको छ । कांग्रेस केनद्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एक पक्षीय रुपमा संस्थापन समूहले अधिवेशन गरेको भन्दै अर्काे पक्षले विरोध जनाउँदै आएको छ ।
केन्द्रीय निर्वाचन समितिले भने डडेल्धुराको अधिवेशनलाई मान्यता दिँदै प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति तोकेको छ ।
समितिको पछिल्लो संशोधित कार्यतालिका अनुसार २०७८ मंसिर २ गते प्रदेशसभा क्षेत्रीय अधिवेशनको मिति तोकेको छ ।
निर्वाचन समितिले वडा र पालिका अधिवेशन सम्पन्न भएका देशै भरका ४६ जिल्लामा सोहि मितिमा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने जनाएको छ ।
केन्द्रयि सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला ‘डडेल्धुराको हकमा निर्वाचन समिति एकमत भएको छ ।
निर्वाचन समितिमा उजुरीहरू परेका छन् । हामीले त्यसमा छलफल गरेर टुंगो लगाइसकेका छौं,’ समिति सदस्य तेजबहादुर रावलले भने, ‘अब डडेल्धुरामा फेरि वडा अधिवेशन हुँदैन । बाँकी अधिवेशनका प्रक्रियाहरू कार्यतालिका अनुसार अगाडि बढ्छन ।’
डडेल्धुरामा फेरि अधिवेशन हुनुपर्ने माग सहित जिल्ला सभापति कर्ण बहादुर मल्ल पक्ष ले केन्द्रीय कार्यालयमा अनशन बस्ने तयारी भई रहेको वताएका छन ।
२०७८ मंसिर १ गते केन्द्रीय कार्यालय काठमाण्डौंमा डडेल्धुरावाट कृयाशिल सदस्य उतार्ने र अनसन बस्ने मल्लले पत्रकार सम्मेलन माझ जानकारी दिएका छन ।
। जिल्ला सभापती मल्ललाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको समर्थन रहेको छ । मल्ल पक्षधरको पहिलो चरणको पार्टी कार्यालय किशुन जि भवनमा अनसन अनसन पौडेल पक्षिय केन्द्रीय नेताहरु डडेल्धुरा आई टुटाएका थिए ।
आफूहरूको बहिस्कारका बीच अधिवेशन प्रक्रिया अगाडि बढाइएको भन्दै जिल्ला सभापति मल्लले केन्द्रीय निर्वाचन समितिमा उजुरी समेत दिएका छन् ।
निर्वाचन समितिको निर्णय विरुद्ध जिल्ला सभापति मल्ल पक्ष अनसनमा जाने तयारीमा रहेको छ ।
तर निर्वाचन समितिले भने डडेल्धुराको अधिवेशनलाई मान्यता दिँदै प्रदेशसभा क्षेत्रीय अधिवेशनको मिति तोकि सकेको छ ।
पाँच सदस्यीय निर्वाचन समितिले सर्वसम्मत रुपमा डडेल्धुरा जिल्लाको जारी अधिवेशनलाई वैधता दिएको हो ।
समितिले वडा अधिवेशन नभएका जिल्लामा कात्तिक २७ मा अधिवेशनको मिति तोकेको छ । १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी छन । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।
