परशुराममा राष्ट्रिय जनगणनाको मुख्य प्रश्नावली संकलन सुरु

पदम जोरा,डडेल्धुरा कार्तिक २८ गते


मेरो गणना, मेरो सहभागिता । हाम्रो गणना हाम्रो सहभागिता ।
“भन्ने मुल नाराका साथ कार्तिक २५ गते देखी राष्ट्रव्यापी रुपमा सुरु भएको राष्ट्रिय जनगणनाको मुख्य प्रश्नावली विवरण संकलन डडेल्धुराको परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा सुरु भएको छ ।
परशुराम नगरपालिकाका १२ वटै वडामा ४५ जना र आलिताल गाउँपालिकाका ८ वटै वडाहरुमा २४ जना गरी जम्मा ६९ जना गणकहरु मुख्य प्रश्नावली विवरण संकलनमा खटिएको राष्ट्रिय जनगणना स्थानीय जनगणना अधिकारी केहर सिंह बडैलाले गाउँघरन्यूज लाई जानकारी दिए ।
मिति २०७८ कार्तिक २५ मंसिर ९ गते सम्म मुख्य प्रश्नावली फाराम भरीने भएकाले सोको प्रयोजनका गणकहरु नागरिकको दैलोमा खटिएको बडैलाले जानकारी दिए ।
राष्ट्रिय जनगणनाको मुख्य प्रश्नवलीमा सत्य, तथ्य विवरण टिपाउन जिल्ला जनगणना कार्यालय डडेल्धुरा, परशुराम नगरपालिका र आलिताल गाउँपालिकाले नागरिकलाई अपिल गरेको छ ।
परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँद, प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरु, योजना अधिकृत कृष्णदेब जोशी, स्थानीय जनगणना अधिकारी केहर सिंह बडैला, नेपाली काँग्रेस परशुरामका सभापती भरत वडायर जोशी सहितको टोलीले विवरण संकलन भई रहेका टोल/बस्तीमा अनुगमन गरेका छन ।
परशुराम नगरपालिकाका नगर–प्रमुख “भीम बहादुर साउँदले कोही नदोहोेरीने र कोही नछुट्ने गरि मुख्य प्रश्नावलीमा विवरण भर्न भराउन गणकहरुलाई निर्देशन दिए ।
राष्ट्रिय जनगणना प्रत्येक १० बर्षमा हुन्छ , जनगणनाले देशको विकास, समृद्वि सुशासन र देशको जनसंख्या प्रमाणित हुने भएकाले सत्य विवरण भर्न आम नागरिकमा अनुरोध गर्दछु “आलिताल गाँउपालिका अध्यक्ष बल बहादुर गुरुङको भनाई छ ।

bb

Leave A Reply

Your email address will not be published.