पदम जोरा,डडेल्धुरा
युवाका लागि खेल स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ परशुराम नगरपालिका वडा.न. १० को आयोजनामा सुरु भएको पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।
जियादशमी, शुभ दिपावली र छठ पर्व २०७८ को अवसरमा सुभकामना आदान प्रदान सहित प्रतियोगिता आयोजना गरीएको वडा.न १० का वडा अध्यक्ष हर्क बहादुर कार्कीले जानकारी दिए ।
परशुराम नगरपालिकाको विनियोजित वजेट वाट प्रतियोगिता सञ्चालन भएको हो , उक्त प्रतियोगिता बुधवार सम्पन्न भएको छ ।
परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरु को प्रमुख आतिथ्यता तथा वडा.न १० का वडा अध्यक्ष हर्क बहादुर कार्कीको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको हो ।
समापन समारोह कार्यक्रमका विशिष्ट अतिथि परशुराम नगरपालिकाका योजना अधिकृत कृष्णदेब जोशी रहेका थिए ।
प्रतियोगितामा प्रथम बासुलिङ्ग निर्माण सेवा जजोला, द्वितिय धनसरा सामुदायिक वन ढकानी र तिृतिय स्थान आशिस पोल्ट्री सप्लायर्ष बेलडाङ्गीले हात पारेको छ ।
प्रथम , द्वितिय र तिृतिय हुने खेल समुहलाई क्रमसः ३० हजार, २० हजार र १५ हजार, शिल्ड, मेडल प्रमाण पत्र प्रदान गरीएको वडा अध्यक्ष हर्क बहादुर कार्कीले गाउँघरन्यूजलाई जानकारी दिए ।
युवाहरुको रोजाई स्वरुप लक्षित कार्यक्रम अन्तरगत प्रतियोगिता सञ्चालन गरिएकोमा उत्कृष्ठ खेलाडी लाई समेत नगद सहित प्रमाण पत्र द्वारा सम्मान गरीएको छ ।
समापन समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले हरेक युवाहरुलाई केही न केही खेलमा आकर्षण गर्न सक्नु हाम्रो दायित्व र आजको आवश्कता रहेको वताए ।
स्थानीय सरकारले जति सक्दो युवाहरुलाई स्वरोजगार, सिपमुलक तालिम, उत्पादनमुखी क्रियाकलापमा जोड्न सके समाज रुपान्तरण हुने उनले वताए ।
उनले भने , युवा परिर्वतनका सम्वाहक हुन, राजनैतिक परिर्वतन देखी हरेक परिर्वतनमा युवाको भुमीका ठुलो छ , त्यसकारण युवालाई साकारात्मक परिवर्तनमा जोड्न राज्य गम्भीर बन्नु पर्छ ।
पछिल्लो समय युवाहरु वेरोजगारीले खाडीमुलुक तथा बैदेशिक क्षेत्रमा बाहिरिनु दुःखद् पक्ष हो, यो न्यूनीकरणका लागि राज्यका सबै निकायको ध्यान जानु पर्ने र युवामुखी लक्षित कार्यक्रम स्थानीय क्षेत्रवाट सुरु गरीनु पर्नेमा पनेरुले जोड दिए ।
प्रतियोगिता श्री सितारामा माद्यमिक बिद्यालय परशुराम १० कुर्मुल्लेको प्राङगणमा सञ्चालन भई बुधवार सम्पन्न भएको हो ।
