पदम जोरा,डडेल्धुरा
नेपाल कम्युनिष्ट पार्टी एमाले परशुरामको नगर अध्यक्षमा युवाको ईन्ट्री भएको छ ।
नगर–अध्यक्षमा नेकपा एमालेका युवा नेता ओम प्रकास जोशी सर्वसम्वत चयन भएका छन ।
२०७४ सालको स्थानीय तहको निर्वाचन सम्म राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेका जोशी राप्रपा पार्टी वाट परशुराम नगरपालिकाको नगर–उप प्रमुखमा पदमा चुनाव लडेका हुन । अहिले भने उनी नेकपा एमाले कै पदीय जिम्मेवारीमा छन ।
सोमवार त्रिबेणी बहुमुखी क्याम्पस जोगबुडामा नेकपा एमाले प्रदेश कमीटी सदस्य, तथा निर्वमान सदुरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह बोहराले अधिबेसन उद्घाटन गरेका ीथ्उ ।
सोमवार अवेर राती सम्म सञ्चालन भएको बन्दले उमालेका युवा नेता जोशीलाई नगर–अध्यक्षमा चयन गरेको हो ।
नगरपालिकाका १२ वटै वडावाट निर्वाचित प्रतिनिधी सहितको उपस्थितीमा अधिबेसन सम्पन्न भएको हो ।
नगर–अध्यक्ष र सदस्यको टुङुगो लागेको भए पनि अन्य पदाधीकारी चयन हुन वाकी नै छन , यो समाचार तयार पार्दा सम्म बन्द सत्र जारी छ ।
युवाका प्रिय जोशी कुशल व्यवसायी ,कृषक समाजसेबीको रुपमा आफ्नो राजनैतिक र सामाजिक पकड बनाउन सफल छन ।
प्रथम नगर–अधिबेसनले जोशी लाई थप जिम्मेवारी दिएको उनले गाउँघरन्यूज लाई जानकारी दिए ।
उताँ एमाले परशुरामका निर्वतमान नगर–अध्यक्ष शेर सिंह ठगुन्नाले प्रथम अधिबेसन लाई संकेत गर्दै असन्तुष्टि व्यक्त गरेकाछन ।
ठगुन्नाले सामाजिक सञ्जालमा फेसबुकमा नेकपा एमाले परशुराममा दक्षिण पन्थी विरासत, काँग्रेस एकिकृत समाजवादी समुहको नेतृत्व शुभकामना भनी स्ट्याटस पोष्ट गरेकाछन ।
त्यसै गरी ठगुन्नाले सुर्य अंकित झण्डा , आफु सहितको फोटोर र अपमानको सामना गर्न सयौं कार्यकर्ता तयार छौं परिस्थीतीले वताउला भनी अर्को स्ट्याटस पोष्ट गर्दा एमाले परशुरामको एकताको अधिबेसनको खासै सार्थक नभउको संकेत दिएको छ ।
