पदम जोरा,जोगबुडा
डडेल्धुराको परशुुराम नगरपालिकाका नगर–पमुख भीम बहादुर साउँद वर्षा प्रभावित क्षेत्रको निरिक्षणमा जुटेका छन ।
असोज ३१ गते देखी कार्तिक २ गते सम्मको निरन्तर वर्षाले नगरपालिकाका अधिकान्स वडाहरुमा भएको क्षतीको निरिक्षणमा आफु जुटेको नगर–प्रमुख साउँद ले गाउँघरन्यूज लाई जानकारी दिए ।
लामो समय देखी रोकीएको मनसुन सकिृय भई एक्कासी असोज ३१ गते देखी ३ दिन सम्म निरन्तर वर्षा भई नगरपालिकाका, खहरे तथा ठुला नदी खोलाहरु पानिको वहाव बढिेर यस क्षेत्रमा सिचाई, खानेपानी, बिधुत, टेलीफाने, घर, खेत, धानवाली र सबै भन्दा बडि नयाँ तथा पुराना सडकमा क्षती पुगाएको छ , साउँदले वताए ।
कार्तिक ५ गते कार्यपालिका बैठक वोलाई जनतालाई जति सक्दो राहत वितरण गर्न आवश्यक सुचाङ्क तयारीमा जुटेको उनले थपेका छन । नगरपालिका , बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था, नेपाल रेडक्रस सोसाईटी, लगायत संग समन्वय गरी राहत वितरणमा कुनै कसर वाकी नराखिने साउँदको भनाई छ ।
सम्मानीनय प्रधानमनत्री शेर बहादुर देउवाले समेत स्थलगत परशुराम नगरपालिकाको निरिक्षण गर्नु भएको छ ।
प्रधानमन्त्री ज्यू समक्ष वर्षाले पारेको क्षतीले सृजित अवस्था सहित यस क्षेत्रको समग्र बिकास, निर्माण योजनाको वारेमा लिखित र मौखिक जानकारी गराएको उनले थपे ।
सबै भन्दा पहिले जनता आत्तिएका छन समुदायमा जाउँ, अभिवाबकत्व प्रदान गरौ भन्दै , कागँ्रेस परशुराम सभापती भरत बडायर जोशी सहित मेयर साउँदको नतृत्वको टोलीले परशुराम नगरपालिकाको वडा.न १, १२, ३, ५, ६, ८, ९, १० को स्थलगत निरिक्षण गरेको छ ।
