बिद्यालय संस्थापक भण्डारीको स्मृतिमा अक्षयकोष 

धनबहादुर भण्डारी,डडेल्धुरा

डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका वडा.न १ मुद्राडमा रहेको श्री वेताल प्राथमिक विद्यालयका सस्थापक स्वर्गीय कालुसिंह भण्डारीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ ।

विद्यालयका संस्थापक समेत रहेका भण्डारीको स्मृती अक्षयकोष स्थापना गरिएको विद्यालय श्रोतले जनाएको छ ।

भण्डारीको २८ औं बार्षिक पुण्यतिथिको अवसरमा अक्षयकोष स्थापना गरिएको परिवार स्रोतले गाउँघरन्यूजलाई जानकारी दिएको छ ।

भण्डारीले समग्र अजमेरु संगै मुद्राण क्षेत्रको शैक्षिक जागरणका निमित्त महत्वपुर्ण भुमीका खेलेका थिए उनको २८ वर्ष अगाडी विद्यालय भवन निर्माणका लागि दक्ष मजदुर खोजी ल्याउने क्रममा डडेल्धुरा बैतडीको सिमा आनारखोली बजार नजिक सडक दुर्घटनामा परि २०५० साल माघ ७ गते मृत्यु भएको थियो ।

बुवाले बेताल प्रावि स्थापना गर्नका लागि महत्वपुर्ण भुमिका खेलेको र सोही विद्यालय स्थापना गर्ने क्रममा ज्यान समेत गुमाउनु परेको स्मरण गर्दै वुवाको सम्झना स्वरुप उनकै नाम वाट अक्षयकोष स्थपना गरि दिएको उनका छोरा डम्वरसिंह भण्डारीले जानकारी दिए ।

पाँच भाई छोराहरु मिलेर अक्षयकोेष स्थापना गरेको उक्त अक्षयकोषको व्याज रकम वाट विद्यालयमा अध्ययन गर्ने गरिव, टुहुरा अनाथ वालवालिकालाई विद्यालयले कार्यबिधी वनाई  छात्रबृति स्वरुप प्रदान गर्ने बताईएको छ ।

अजयमेरु र मुद्राण क्षेत्रकै प्रख्यात समैजी देवता का धामी समेत रहका कालुसिह भण्डारीको समाज रुपान्तरणमा ठूलो योगदान रहेको पाईन्छ स्थानीय बुढापाकाहरुको भनाई छ ।

आफुहरु पाँच भाईले बुवाले स्थापना गरको विद्यालयवाट नै अक्षारम्भ सुरु गरेको सुनाउदै हाल आफु पनि शिक्षण पेषामा रहेको उनका अर्का छोरा दिनेश भण्डारीले वताए ।

bb

Leave A Reply

Your email address will not be published.