पदम जोरा,डडेल्धुरा
नेपाली काँग्रेस डडेल्धुराको प्रदेशसभा क्षेत्र (क) को क्षेत्रीय सभापतीमा नेपाली काँग्रेसका युवा नेता तथा पुर्व जिल्ला कार्य समिति उप–सभापती कैलाश कुमार पाण्डेयले उमेदवारी घोषणा गरेका छन ।
पालिका अधिबेसन र वडा अधिबेसन सम्पन्न भए पश्चात असोज १२ गतेका लागि तय भएको प्रदेश अधिबेसनको मिति फेरी पर धकेलीएको छ ।
प्रदेशसभा अधिबेसनको मिति तय नभई सकेको अवस्थामा काँग्रेस नेता पाण्डेय अहिले क्षेत्रीय, जिल्ला प्रतिनिधीहरु संग भेटघाटमा जुटेकाछन ।
प्रदेशसभा क्षेत्र (क) मा २६ वटा वडा रहेका छन । भागेश्वर गाउँपालिकाका ५ परशुराम नगरपालिकाका १२ आलिताल गाउँपालिका ८ अजयमेरु गाउँपालिकाका १ गरि २६ वडावाट निर्वाचित प्रतिनिधीहरु प्रदेशसभा क्षेत्रीय अधिबेसन र जिल्ला अधिबेसनका मतदाता रहने व्यवस्था पार्टिको बिधानमा उल्लेख छ ।
नेपाली काँग्रेस पार्टीको पटक–पटक महत्वपुर्ण जिम्मेवारीमा रहेका पाण्डेय लाई क्षेत्रिय सभापतिको वलियो उमेदवारका रुपमा लिइएको छ ।
लेखन तथा साहित्य क्षेत्रमा पोख्त पाण्डेयको पार्टीमा केन्द्र देखी ग्रामिण क्षेत्र सम्म पकण बलियो रहेको जनाइएको छ ।
