काँग्रेस परशुरामका वडा सभापतीहरुलाई स्वागत

पदम जोरा ,डडेल्धुरा


नेपाली काँग्रेस नगर कार्य समिती परशुरामले २०७८ भाद्र २५ गते सम्पन्न वडा अधिबेसनवाट निर्वाचित वडा सभापतिलाई स्वागत गरेको छ भने , निर्वतमान वडा सभापतिलाई विदाई तथा सम्मान गरेको छ ।
नगर कार्य समिति सभापती शेर बहादुर धामीको सभापतित्व तथा संबिधानसभा सदस्य नरभान कामीको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रमको आयोजना गरि नवनिर्वाचितलाई स्वागत र निवर्तमानलाई सम्मान पत्र र खादा ओडाई सम्मान सहित विदाई गरिएको नगर सचिव खडक बहादुर साउँदले जानकारी
केही सभापतीले पाँच बर्षे कार्यकाल र केहीले १० वर्षे कार्यकालमा पार्टीको महत्वपुर्ण जिम्मेवारी निभाएकोले पार्टीले उचित सम्मान र स्वागत गरेको हो ।
नवनिर्वाचित वडा सभापतिहरुलाई पार्टीको हरेक मोर्चा र पार्टीको आन्तरीक अधिबेसन तथा निकट भविश्यमै हुने स्थानीय तहको निर्वाचनमा अग्रणी भुमीकामा रहन निर्देशन समेत दिईएको छ ।
कार्यकालमा आउन सक्ने हरेक अप्ठेरोमा ,समस्यामा पार्टीको केन्द्रीय, जिल्ला र नगर कार्य समितिको निती, निर्देशन, बिधि बिधान प्रकृया लाई टेकी पार्टी सञ्चालन गर्ने समेत भनीएको छ ।
उक्त स्वागत तथा सम्मान विदाईमा १२ वटै वडाका निर्वाचित र निर्वतमान सभापतीहरुको उपस्थिती रहेको थियो ।

bb

Leave A Reply

Your email address will not be published.