सु–प्रबल जनसेवा श्री द्वारा परशुरामका मेयर साउँद बिभुसित

पदम जोरा, जोगबुडा

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई मान–पदवी, अलङ्कार र पदक द्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।

सोही अन्तरगत डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका जोगबुडाका नगर–प्रमुख भीम बहादुर साउँद समेत बिभुसित भएका छन ।
सु–प्रबल जनसेवा विभुष्ण डडेल्धुराको परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँद लाई प्रदान गरिने भएको छ ।
देशकै अग्रणी निर्माण व्यवसायी तथा निमार्ण व्यवसायी महा संघका सल्लाहकार समिति सदस्य साउँद सुदूरपश्चिम प्रदेशको आर्थिक, धार्मिक, शैक्षिक तथा राजनैतिक र सामाजिक क्षेत्रको विकास प्रतिबद्व छन उनले समग्र सुदूरपश्चिम प्रदेशका नाम, शान र गरिमा उच्च राखेको छ । सुदूरपश्चिमको शिक्षा, स्वास्थ्य क्षेत्रमा समेत साउँदले अतुलनीय योगदान पुर्याए वाफत सुप्रबल जनसेवा श्री बिभुषण प्रदान गरिने भएको छ ।
हरेक वर्ष संबिधान दिवस अवसरमा सरकारले बिभिन्न क्षेत्रमा योगदान पुगाउने व्यत्तिलाई विभुषण गर्ने र बिभिन्न मुद्वाका कैदीलाई कैद फुकुवा गर्दै आएको छ ।

bb

Leave A Reply

Your email address will not be published.