पदम जोरा, जोगबुडा
नेपाली काँग्रेस परशुराम नगरपालिका वडा.न ७ को २५ गते सम्पन्न वडा अधिबेसन वाट निर्वाचित वडा कमिटि उप–सभापती नन्दराज ले माओवादी केन्द्र प्रबेश गरेका छन ।
नेपाल कम्युनिष्ठ पार्टी नगर कमिटी परशुरामले आयोजनामा गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमका क्रमममा भट्ट सहित अन्य चार जनाले माओवादी केन्द्र पार्टीमा प्रवेश गरेको नेपाल कम्युनिस्ट पार्टी माओबादि केन्द्र परशुरामका अध्यक्ष शेर सिंह माल (डायमण्ड)ले गाउँघरन्यूज लाई जानकारी दिए ।
परशुराम नगरपालिका वडा.न.७ को सादनीमा सम्पन्न भएको कार्यक्रममा भट्ट सहित अन्य चार जनाले माओबादि केन्द प्रबेस गरेका छन ।
पार्टीको सिद्धान्त र विचारलाई अनुशरण गरि अगाडी बढ्ने प्रतीबद्धता सहित उनीहरुले माओवादी केन्द्रमा प्रवेश गरेको मालको भनाई छ ।
काँग्रेस, एमाले, राप्रपा आदि जुनसुकै पार्टीमा अवसर नपाएका आम नागकिलाई आफ्नो पार्टीमा उचित सम्मान र स्थान दिईने मालले वताए ।
सर्वहारा वर्ग, गरिब, अशायहरु सबै अटाउने पार्टी भएकाले पनि आम नागकिहरुको पार्टीमा लहर बढि रहेको र अझ पनि प्रबेश गर्न चाहनेहरुका लागि ढोका खुला छ , मालले थपे ।
