पदम जोरा,जोगबुडा
डडेल्धुराको परशुराम नगरपालिकाले सातौं संबिधान दिवसको अवसरमा जोगबुडा अस्पतालमा उपचाररत विरामीलाई फलफुल वितरण गरेको छ ।
शुदूरपश्चिम प्रदेश सांसद तथा निवर्तमान भौतिक पुर्वाधार विकास मन्त्री पठान सिंह बोहराको प्रमुख आतिथ्यता तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँदको सभापतित्वमा नगरपालिकाले औपचारिक कार्यक्रम सहित सातौं सविधान दिवस मनाएको हो ।
संबिधान सभा सदस्य नरभान कामी, उप–प्रमुख कलावती देबी बोहरा , नगरपालिकाका सबै तह र तप्काका कर्मचारी सहित, स्वास्थ्यकर्मी सञ्चारकर्मी, सुरक्षाकर्मी। राजनैतिकदलहरुको सहभागितामा दिवस मनाइएको नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत तेज बहादुर सिंहले जानकारी दिए ।
समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथी शासंद बोहराले नेपालको संबिधान सबै वर्ग, जाती, धर्म,लिङगको प्रतिनिधित्व भएको उत्कृष्ट सविंधान छ, यसको संरक्षण र यसका मुल मान्यतालाई आत्मसाथ गर्नु आम नागरिकको र्कतव्य भएको वताएका छन ।
२०६४ को पहिलो संबिधान सभाको निर्वाचनवाट संबिधान जारी नभइसकेको र २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनवाट पुनः नेपाली काँग्रेस पार्टीले संबिधान जारी गरेको र कार्यान्वयनका लागि समेत नेपाली काँग्रेस पार्टीको भुमीका खेलेको संबिधान सभा सदस्य नरभान कामीको तर्क थियो ।
म पनि नेपालको संबिधान २०७२ एक सदस्य हु । त्यो वखतका समस्या चुनौतीका वारेमा म जानकार छु ९० प्रतिशत नागरीकको भावना मर्म समेटीएको सबिधान नेपालका लागि उत्कृष्ठ छ । दिवस मनाउदै यसको सफल कार्यान्वयनका लागि सबै राजनैतिक शक्ति एक भई साथर्कता वनाउनु पर्नेमा उनको तर्क थियो ।
