कृयाशिल सदस्य बिवाद नभई वडामै पराजित हुने डर हो :  नेता साउँद 


डडेल्धुराका ५२ वडामध्ये ५० वडामा नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन भएको छ । निर्वाचन समितिले निर्धारण गरेको मिति अनुसार २०७८ भाद्र २५ गते केन्द्रीय सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुराका ५० वडामा अधिबेसन पश्चात नयाँ नेतृत्व चयन भएको हो । अजयमेरु गाउँपालिका वडा नम्बर ३ र नवदुर्गा गाउँपालिका वडा नम्बर ५ वाहेक वाकि सबै वडाहरुमा अधिवेशन सम्पन्न भएको निर्वाचन अधिकृत लोक बहादुर बमले जानकारी दिए ।
७ वटै स्थानीय तहका ५० वडामा अधिबेसन सम्पन्न भएको भए पनि काँगे्रस डडेल्धुरा सभापति कर्ण बहादुर मल्ल समुहले क्रियाशिल सदस्यता विवाद भएको भन्दै आएको छ ।
मल्ल समूहले जिल्लाबाट सिफारिस भएका चार सय ६० जनाको नाम काटिएको र कुनै पनि तहबाट सिफारिस नभएका तीन सय १२ जनाको नाम थपिएको आरोप लगाउँदै आएको छ ।
जिल्ला सभापति मल्लले भने केन्द्रीय सभापतिकै निर्देशनमा एकलौटी वडा अधिवेशन भएको समेत आरोप लगाउँदै आएका छन्। भने यता केन्द्रीय सभापती शेर बहादुर देउवाले जिल्ला सभापतिका लागि अगाडि सारेका काँग्रेस नेता तथा परशुराम नगरपालिका, जोगबुडाका मेयर भीमबहादुर साउँदले केन्द्रीय सभापति देउवालाई कृयाशिल सदस्यको विवादमा ल्याउन अनावश्यक भएको आरोप लगाए ।
गाउँघरन्यूज संग कुरा गर्दै साउँदले भने जिल्लाका ’४१ वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ,’ भने ‘९ वडामा लोकतन्त्रको सुनौला अभ्यास स्वरुप चुनाव प्रकृया सम्पन्न भएको छ ।
अधिबेसनमा जिल्लाका ७ वटै पालिका र ५० वटै वडाहरुमा क्रियाशिल सदस्यहरुको उलेख्य सहभागिता छ । केन्द्रीय सभापतिको जिल्लामा तानाशाहि शैलीमा अधिबेसन, सुरक्षाको घेरामा अधिबेसन जस्ता टिका टिप्पणी मित्थया र निराधार, नियोजित भएको साउँदले आरोप लगाए ’

अधिवेशन अगाडि मल्ल समूह र हामी पनि जिल्ला दौडाहमा थियो । ‘सुरुमा क्रियाशिल सदस्यताको विषयमा विवाद थिएन, उहाँहरु (मल्ल समूह) जिल्लाका सबै स्थानीय तहमा पुगे पछि हुन ’ ‘ आफ्नो पक्षमा कृयाशिल सदस्यहरुको साथ सहयोग देखेनन अनि वडा वाटै पराजित हुने अवस्था देखेपछि नियोजित विवाद गर्न खोजिएको उनले आरोप लगाए । यो अधिबेसन आधिकारिक हो , केन्द्रीय निर्वाचन समितीवाट निर्वाचन अधिकृत खटाई अधिबेसन सम्पन्न भएको छ , यो कसरी अबैधानिक हुन्छ उनले थपे ।

केही जिल्ला तहका नेता बाहेक अधिबेसनमा तल्लो तहमा सबै क्रियाशिल सदस्यले सहभागिता जनाएका छन । अनावश्यक रुपमा केन्द्रीय सभापति देउवालाई विवादमा पार्न नियोजित प्रयास गरिदैछ , यो गलत प्रबृति हो ।
छानविन समितिले टुंग्याएको विषयमा सभापतिलाई जोड्नुमा कुनै सत्यता छैन ।
‘जिल्लाबाट सिफारिस भएका सदस्यको नाम काटिएको भन्दै प्रचार गरिए पनि त्यसमा सत्यता छैन,’ उनले भने, ‘वडाको सहमति बीना, जिल्ला काय समितिको सहमति बीना एक पक्षीय रुपमा नाम सिफारिस गरिए पछि छानबिन समितिले टुंग्याएको हो । त्यसमा संग्लन हुँदै नहुनु भएका केन्द्रीय सभापतिको दोष छ। भन्नु तर्कसंगत छैन उनले थपे ।’

केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको सात सदस्यीय समितिले क्रियाशील सदस्यता माथि परेका उजुरीको छानबिन गरेको हो । छानबिन समितिका अनुसार डडेल्धुरामा २ हजार ८६८ को पुरानो क्रियाशील सदस्य मध्ये प्रक्रिया अनुसार २ हजार पाँच सय जति मात्रै वितरण गरेको पाइएको जनाएको छ । जिल्ला सभापतिले बाँकी ३०८ क्रियाशील सदस्यता आफ्नो इच्छाअनुसार वितरण गरेको भनेर उजुरी परेपछि उनीहरुको नाम हटाइएको समितिले जनाएको छ ।

bb

Leave A Reply

Your email address will not be published.