MPDS  द्वारा डडेल्धुरा अस्पताल लाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

पदम जोरा, डडेल्धुरा 


विगत लामो समयदेखी डडेल्धुरामा सामाजिक क्षेत्रमा कृयाशिल गैर सरकारी संस्था बहुउद्देशीयीय बिकास समाज एमडियस डडेल्धुराले आईतवार, डडेल्धुरा अस्पताललाई कोरोना माहामारीका वेला आवश्यक पर्ने अति आवश्यकिय स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ ।
अस्पतालमा कार्यरत चिकित्सकलाई सहजै र सुरक्षित रुपमा कोरोनाका विरामीहरुको उपचार गर्न आवश्यक आपतकालिन प्रतिकार्य स्वास्थ्य सामाग्री सहयोग गरीएको संस्थाका कार्यकारी निर्देशक प्रेम बहादुर महरले गाउँघरन्यूज लाई जानकारी दिए ।
अस्पताल बाट सेवलिने कोरोनाका विरामीलाई आवश्यक पर्ने सामग्री र अन्य जोखिम न्युनिकरण सामाग्री माग गरिएको थियो । सोही अनुरुप ईकोपार्ट अफ कोर्डेडको आर्थिक सहयोगमा बहुउद्देशीयीय विकास समाज डडेल्धुराले करिव २० लाख वरावरको स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।
विशेष गरि अस्पताललाई कोभिड १९ को माहामारी न्युनिकरण गरि स्थानीय नागरिहरुको स्वास्थ्य सुरक्षामा टेवा होस भन्ने उद्देश्यका साथ ै डिस्पोजल ग्लोब्स, स्टेराईल ग्लोव्स, बाईप्याप माक्स, अक्सिजन कन्सिटेटर, भेण्टिलेटरको सर्किट, एण्टिजिन किट्स, पिसिआर जाँच गर्ने किट, पिसिएल, हेडक्याप, सुकभर लगायतका अति आवश्यक स्वास्थ्य सुरक्षा समाग्री उपलव्ध गराएको हो ।
आपतकालीन अवस्थामा चाहिने अन्य सामाग्री समेत वेला–वेलामा बहुउद्देशीयीय बिकास समाज डडेल्धुराले जिल्लाका ७ वटै पालिकामा उपलब्ध गाराएको सस्थाले जनाएको छ ।
संस्थाले दिएका सामाग्रीहरू अति आवस्यक भएकोले कोरोना विरामीको उपचार गर्न सहज हुने अस्पताल श्रोतले जनाएको ।
बहुउद्देशीयीय विकास समाज डडेल्धुरा र डोटी जिल्लाका मुख्य अस्पताल र अन्य स्वास्थ्य संस्थामा समेत विभिन्न राहत, स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरिरहेको छ । त्यसै गरी खोप ढुवानी, अशक्त अपागंंता भएका , जेष्ठ नागरिकहरुलाई खोपकेन्द्र सम्म ल्याउने लैजानुका साथै स्वाथ्यकर्मी र महिला स्वस्थ्य स्वयमसेविकाहरु संग समन्वयात्मक बैठक गर्ने ग िरहेको संस्थाका महा–सचिब अशोक बम ले वताए ।
सुदूरपश्चिम प्रदेश सासंद गोविन्द राज बोहरा, परशुराम नगरपालिका नगर–प्रमुख भिमबहादुर साउँद, अमरगढी नगरपालिकाका नगर–प्रमुख विशेश्वर प्रशाद ओझा सहितको उपस्थितीमा अस्पताललाई हस्तान्तरण गरिएको हो ।

bb

Leave A Reply

Your email address will not be published.