रुपालकी सरुको उपचारका लागि आर्थिक संकलनमा : आनन्द ठकुराठी

पदम जोरा,डडेल्धुरा


डडेल्धुराको भागेश्वर गाउँपालिका वडा.न १ रुपाल र्पुख्यौली घर भई हाल महेन्द्रनगर, कञ्चनपुर वसाईसरी व्यवसाय गर्दै आएका आनन्द ठकुराठी भागेश्वर १ रुपालकी सरु देवी सार्कीको उपचारका लागि आर्थिक सहयोग संकलनमा जुटेका छन ।
आफ्नो जन्मथलो भागेश्वर १ रुपाल, चौपाता बस्ने बिश्राम सार्कीकी धर्मपत्नी सरु देवी सार्कीको गाउँकै मिलको पट्टामा बेरीएर हात काटिएको थियो ।

सार्कीको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउनमा आनन्द ठकुराठीले  सहयोग संकलन अभियान सुरु गरेका छन ।
आफ्नो जन्मथलोका सरुको पिडालाई सहि न सक्ने अवस्था देखी मानविय धर्म स्वरुप आर्थिक संकलनमा जुटेको आनन्दले गाउँघरन्यूज लाई जानकारी दिए ।
टेलिफोन र सामाजिक सञ्जाल वाट सक्दो सहयोगका लागि सबै साथि, सहयोगी हरुलाई अनुरोध गरे,  दक्ष अनुसार सबै व्यक्तिहरुवाट सहयोग जुटी रहेको आनन्द को भनाई छ ।
यो समाचार तयार गर्दा सम्म खातामा सक्दो सहयोग गरि सकेका छन, अझै संकलन जारी रहेको उनको भनाई छ ।
फेरी पनि साथीहरुलाई अनुरोध गर्दछु, फजुल खर्च कटाइ थोरै भएपनि गाउँकी सरु देबी सार्कीको उपचारमा सहयोग गरि पुण्यलाभ लिऊ ।
उनले भने । मन्दीरमा मात्रै भगवान हुदैनन्, मन र आत्मामा सधैव भगवानको वास हुन्छ ।
तपाईहरुले गरेको सानो सहयोगले सरु देबीको उपचार हुनेछ , त्यो नै ठूलो पुण्य हुने भएकाले सक्दो सहयोग गरौ .

bb

Leave A Reply

Your email address will not be published.