पदम जोरा,डडेल्धुरा
मर्सीकोरको आर्थिक सहयोगमा ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुराले जिल्लाको परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा उत्थानशिल कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कार्यक्रम भित्रीमधेसको बाढि ग्रस्त क्षेत्रमा सञ्चालन हुने रुडुक कार्यकारी निर्देशक सरस्वती खड्काले वताईन ।
विगत देखी प्राकृतिक प्रकोप र विपद्को उच्च जोखिममा रहेको भित्रीमधेसका टोल, समुदाय र बस्तीको विपद् जोखीम न्यूनीकरणका लागि कार्यक्रम मर्सीकोरको आर्थिक सहयोगमा सञ्चालन हुने भएको हो ।
२०६४ सालको बाढी ग्रष्त परशुराम नगरपालिका वडा.न ६ र आलिताल गाउँपालिकाको वडा.न ८ मा कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजक खडक भट्टराईले गाउँघरन्यूज लाई जानकारी दिए ।
२०५१ सालमा स्थापना भएको ग्रामिण महिला विकास तथा एकता केन्द्र रुडुक डडेल्धुराले हाल सम्म जिल्लाका ७ वटै पालिकाका गाउँ, टोल, बस्ती र समुदायको उत्थानका लागि सामाजिक उत्तरदायित्व निभाउदै आएको छ ।
०७६ साल देखी विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना महामारीमा समेत रुडुकले स्वास्थ्य सुरक्षाका सामग्री वितरण संगै सचेतनामा अग्रणी भुमीका खेलेको खड्का वताउछन ।
संविधान सभा सदस्य तथा वरिष्ठ समाजसेबी ,काँग्रेस नेतृ डा.आरजु राणा देउवा संस्थापक रहेको रुडुकले जनता र समाज रुपान्तरणमा अधिकतम टेवा दिदै आएको रुडुक डडेल्धुरा सदस्य तथा परशुराम नगरपालिकाका उप–प्रमुख कलावती देबी बोहराको भनाई छ ।
