परशुराम ५ की स्व.सविताको परिवारलाई प्रवास र नेपालवाट २ लाख बढि सहयोग

पदम  जोरा / लक्ष्मन पार्की , डडेल्धुरा

डडेल्धुराको परशुराम नगरपालिका वडा.न. ५ परिगाँउकी १७ वर्षिय  सबिता साउदँको २०७८ भाद्र ५ गते निधन भएको थियो ।

लामो समय देखी मुटु र कलेकोमा समस्या रहेकी सविताको सेती प्रादेशिक अस्पताल धनगडी, कैलालीमा उपचारका क्रममा मृत्यु भएको थियो ।


सविता साउँदको पारिवारिक अवस्था कमजोर रहेकाले उपचारमा सहयोग होस भनी जिवन रक्षाका लागि परशुराम ३ नेपाल ठेगाना भई हाल भारतमा बस्दै आउनु भएका मेची महाकाली जागरण अभियानका अभियान्ता मदन धामी कुशलले सामाजिक सञ्जाल फेसवुकमा सविता वचाउँ,सक्दो आर्थिक सहयोग गरौं अभियान थाल्दै पोष्ट गरे ।

को को हुन सहयोगी दाता र मनहरु 


मदन धामी कुशलको सामाजिक सञ्जाल फेसबुकमा आवद्व अन्य नेपाल र भारत तथा देश विदेशमा रहेका सामाजिक अभियान्ताहरुले आ–आफ्नो क्षेत्रवाट सक्दो आर्थिक सहयोग गरि २ लाख बढि संकलन भएको सविता वचाउँ अभियानका अभियान्ता दिपक शाहीको भनाई छ ।
स्वितालाई वचाउन न सकिए पनि उक्त रकम आईतवार सविताको परिवारलाई वडा.न ५ का वडा अध्यक्ष मिन बहादुर चन्द र भुवनेश्वरी नमुना माद्यमिक विद्यालय परिगाउँका शिक्षक नरेन्द्र वहादुर शाहि मार्फत हस्तान्तरण गरिएको सविता वचाउँ अभियानका अभियान्ता कृष्ण बोहराले गाउँघरन्यूज लाई जानकारी दिए ।
२ लाख २७ हजार १ सय ६६ रुपैया उनको घरमै गई बुझाएको समेत बोहराको भनाईछ ।


कमाउनु छ , खानु–लाउनु छ , त्यो भन्दा पनि एक क्यान्सर पिडीत १७ वर्षिय चेली बचाउनु ठूलो धर्म मानवियधर्म स्वरुप आफुहरु आर्थिक सहयोग संकलन अभियानमा जुटेको तर बहिनी सविताको मृत्युको खवरले हामी अति नै दुःखीत छौ मेची महाकाली अभियान भारतका संरक्षक सुरेन्द्र बोहराको भनाई छ ।
हाम्रो अभियानको नाम मेची माहाकाली जागरण अभियान भए पनि हरेक को दुःख पिडामा हामी सक्दो सहयोगमा हामी जुट्छौ उनले थपे ।
स्व.सविताका बुवा पनि लामो समयदेखी खुट्टा सुन्नीने रोगवाट ग्रसित छन, हामीले सविताको उपचारका लागि सक्दो आर्थिक सहयोग जुटायौ दैवले उनलाई चुडेर लग्यो उनको परिवालाई घरमै गई रकम हस्तान्तरण गरिएको बोहराको भनाई छ ।
मेची महाकाली जागरण अभियान भारतका अभियान्ता मदन धमी राजनिति, समाजसेवामा कृयाशिल छन ।
उनले २०७६ साल देखी सुरु भएको कोभिड–१९ कोरोनाले नेपाल फर्कीएका र भारतमा अलपत्र रहेका नागरिकलाई सहयोग गर्दै आएका हुन । कोरोना कै कारण लक डाउनका वखत स्वदेश र्फीएका नागकिरलाई समेत धामी सहितको टोलीले हरेक क्वारेन्टीन, र आईसोलेशनमा भेटी खाजा, सावुन, चिया, मास्क, सेनीटाईजर सहयोग गरेका ज्वलन्त उदारहण छन ।

bb

Leave A Reply

Your email address will not be published.