सूदुरपश्चिम प्रदेशका निर्वाचित जनप्रतिनिधीले बुझाए प्रधानमन्त्री देउवा लाई माग–पत्र

पदम जोरा,डडेल्धुरा

सुदुरपश्चिम प्रदेशको प्रदेश र स्थानीय तहमा नेपाली काग्रेस पार्टीवाट निर्वाचित जनप्रतिनिधीहरुले प्रधानमन्त्री शेर बहादुर देउवालाई सुदूरको समग्र बिकासका योजना सहित माग–पत्र बुझाएकाछन ।
चार वर्ष सम्म केपी सर्मा वलीको सरकारले कार्यकर्ता पाल्ने गरि वजेट विनियोजना गरेको जनगुनासो बढेको र काँग्रेस पार्टीवाट निर्वाचित मेयर ,उपमेयर, वडा अध्यक्षहरुको वडा देखी पालिका सम्म पक्षपाती रुपमा योजनाहरु समावेश भएकोमा जनताले न्याय नपाएको सुनाउदै, उनीहरुले देउवा समक्ष समग्र सुदुरपश्चिमका साझा र जनताका आवश्यकताका योजनाहरुलाई समेटी सुक्रवार प्रधानमन्त्री शेर बहादुर देउवालाई माग–पत्र बुझाएका हुन ।
सूदुरपश्चिम प्रदेशका सांसद गोविन्द राज बोहरा, केन्द्रीय आमन्त्रीत सदस्य जनकराज कलौनी, लगायत सूदुरपश्चिम प्रदेशको बिभिन्न जिल्लाकाका स्थानीय तहका मेयर, उपमेयर, गाउँपालिकाका प्रमुख, उपप्रमुख सहितको समुहले माग पत्र बुझाएको हो ।
छिट्टै सम्बन्धीत मन्त्रालयवाट , सम्वन्धीत बजेट विनियोजनका लागि उनीहरुले देउवा समक्ष माग बुझाएको प्रदेश साशद गोविन्द राज वोहरले जानकारी दिए ।
माग पत्र बुझ्दै प्रधानमन्त्री शेर बहादुर देउवाले छिट्टै प्रकृया अगाढी बढाईने र मागहरु सम्वोधन गरिने वताएका छन ।

bb

Leave A Reply

Your email address will not be published.