पदम जोरा, जोगबुडा
नेपाल कम्य्ुनिष्ट पार्टी माओवादी केन्द्र परशुरामले परशुराम नगरपालिकाका १२ वटै वडाहरुमा कार्यकर्ता भेला र प्रशिक्षण सुरु गर्ने भएको छ ।
नगर कमिटी अध्यक्ष शेर सिह माल डायमण्डको अध्यक्षता श्रावण २२ गते बसेको बैठकको निर्णयले कार्यकर्ता भेला र प्रशिक्षण गरिने अध्यक्ष शेर सिह माल डायमण्डले जानकारी दिए ।
कोभिड–१९ कोरोना भाईरसको संक्रमण सन्त्रासका कारण कार्यकर्ताहरु विच भेटघाट नभएको र प्रशिक्षणको खाचो भएकाले प्रशिक्षण कार्यक्रम तय गरीएको मालले जानकारी दिए ।
भाद्र २ गते देखी १२ गते सम्म नगरपालिकाका १२ वटै वडाहरुमा प्रशिक्षण र कार्यकर्ता भेट सम्पन्न गरीने गाउँघरन्यूजलाई मालले जानकारी दिए ।
