सडक जोड्ने प्रतिबद्वता अनरुप छिट्टै प्रकृया अगाढी वढाउन आग्रह

लक्ष्मन पार्की , जोगबुडा

आशन्न नेपाली काँग्रेस डडेल्धुराको सातौं जिल्ला अधिबेसनको पुर्व सन्द्यामा कार्यकर्ता भेटघाटमा भागेश्वर गाउँपालिकाको २ रुपाल पुगी परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँद र भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला कुमारी भट्टले एउटै मञ्चमा परशुराम हुदै रुपाल सम्म छिट्टै सडक जोड्ने प्रतिबद्वता गरेका थिए ।
उक्त प्रतिबद्वता अनरुप छिट्टै प्रकृया अगाडी वढाउन स्थायी घर रुपाल भएका हाल रेडियो परशुराम एफ.एम. जोगवुडा र गाउँघर अनलाईनका पत्रकार पदम जोराले परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँद र भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला कुमारी भट्टलाई आग्रह गरेका छन ।
नगर–प्रमुख साउँद र गाउँपालिका अध्यक्ष भट्टले एउटै मञ्चमा सयुक्त रुपमा गरेको उक्त प्रतिबद्वताको समाचारले गाउँघर अनलाईनमा स्थान पाए संगै समाचारको लिङक सामाजिक सञ्जाल, फेसबुकमा एक घण्टामै भाईरल वन्यो ।
समाचारको लिङकमा अधिकान्स साकारात्मक कमेन्ट र कतिपय आलोचनात्मक कमेन्ट आए पछि समाचारको प्रभावलाई अध्ययन गरि पत्रकार पदम जोराले दुई वटै पालिकाका प्रमुख लाई टेलिफोन र पुनः समाचारका माध्यमवाट आग्रह गरे ।
कतिपय पाठक तथा फेसबुक प्रयोगकर्ताहरुले चार वर्ष सम्म पुरा नभएको सडक अव छ महिनामा सम्भव छ र ? भन्ने जस्ता कमेन्ट गरेकाले तपाईहरुको सामु लामो समय देखीको निर्माण अधुरो र अपुरो रहेको परशुराम ३ शिर्षको आमडाली, चौड हुदै निकर्चीको खान सम्म सडक सुचारुका लागि प्रकृया अगाडी वढाउन सुझाव समेत दिएको पत्रकार पदम जोराले वताए ।
नेता साउँद र भट्टले जिल्लाको भित्रीमधेश परशुराम वाट भागेश्वर गाउँपालिकाको रुपाल सम्म  आर्थिक वर्ष ०७९ मा सडक जोडीने वताएका थिए ।
पुरानो वस्तीका रुपमा परिचित भागेश्वर गाउँपालिकाको रुपाल र परशुराम नगरपालिकाको पारस्परिक सम्वन्ध कायम राख्न पनि  यो सडक आवश्यक रहेको नेता साउँदले वताए ।
रुपालका लागि मात्र नभई यो सडक छिमेकी जिल्ला बैतडी सम्मका आम नागरिकका लागि समेत कैलाली कञ्चनपुर जान द्रुतमार्गका रुपमा रहने उनको तर्क थियो ।
यो सडक छिट्टै सुचारु हन्छ ढुक्क रहन रुपाली जनतालाई नगर–प्रमुख साउँद र भट्टले आग्रह गरेका छन ।
दुई वटै पालिकाले आ–आफ्नो क्षेत्रवाट छिट्टै पहल गरि यो सडक सुचारु गरिने नेता साउँद र भट्टले सयुक्त प्रतिबद्वता गरेका हुन ।

bb

Leave A Reply

Your email address will not be published.