नदी तटिय समुदाय प्राथमिकतामा : मेयर भीम बहादुर साउँद

पदम जोरा, डडेल्धुरा


अन्तर देशीय सिमा नदीको पानीको सामुदायीक सदुपयोग परियोजना (ट्रोसा) अन्तरगत पानी सुशासन र दीगो विकास लक्ष्यमा, यूवाहरुको भुमीका बिषयक अन्र्तराट्रिय युवा सम्मे सम्पन्न भएको छ ।
उक्त छलफलमा परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँदको सहभागिता रहेको थियो ।
छलफलमा परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँदले डडेल्धुराको परशुराम नगरपालिकाका नदि तटिय क्षेत्र र समुदाय प्राथमिकतामा रहेको वताएका छन ।
ग्रामिण महिला विकास तथाएक ताकेन्द्र (रुडुक) का संस्थापक अध्यक्ष डा. आरजु राणा देउवाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकोहो । कार्यक्रममा नेपाल, म्यानमार, बंगलादेश र भारतका गंगा, ब्रह्मपुत्र र मेघना बेसीन अन्र्तगतका समुदाय, स्थानीयतह अन्तरगतका नगर–प्रमुखहरु, साझेदार संस्थाहरु, महिला सशक्तिकरण केन्द्रका सहभागीहरु र युवाहरुको भर्चुअल सहभागीता रहेको थियो ।
आ–आफ्ना बेसीन क्षेत्रमा भए गरेका उपलब्धी, सफलता, आगामी योजना र प्रतिबद्धता बारे भर्चुअल सम्वादमा छलफल भएको हो ।
कार्यक्रममा नेपालतर्फ वाट महाकाली नदी बेसीन क्षेत्र अन्र्तगत रहेका दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर जिल्ला अन्तरगत महाकाली, दशरथचन्द, परशुराम र भिमदत्त नगरपालीका नगर–प्रमुखहरुको सहभागीता र प्रस्तुती रहेको थियो ।
पानी माथिको सुसासन र महाकाली नदीको पानीको सामुदायीक सदुपयोग अन्तरगत २०१७ मा महाकाली नदी तटीय क्षेत्रमा रहेका स्थानीयतहहरुले ट्रोसा परियोजना संग समन्वय र सहकार्य गरी कार्यक्रम संचालन गर्न छ बुदे धनगढी घोषणपत्र र्कायान्वयन भएको पाइएको थियो ।
उक्त अन्तराष्ट्रिय सम्मेलनमा डडेल्धुराको परशुराम नगरपालीका जोगबुडाका नगर–प्रमुख भिम बहादुर साउदले परशुराम नगरपालीकाले नदी तटीय क्षेत्रमा गरीएका कार्यहरुको बिस्तृत प्रस्तुती गर्नुभएको हो ।
आगामी दिनमा परशुराम न.पा.ले पानी माथीको सुशासन र पानीको सामुदायीक सदुपयोग अन्तरगत परशुराम नगरपालीकाले छिमेकी पालीकासंग भगीनी सम्बन्ध कायम राखि अगाडी बढ्ने वताए ।
नदी जन्यश्रोतहरुको बढि भन्दा प्रयोग र परिचालन, लिप्टींग सिंचाई योजनाहरु, परशुराम धाममा जलयात्रा कार्यक्रम मार्फत पर्यटन प्रवद्धन एवं नदी तटीय समुदायमा रहेका बिभिन्न बिपद् एवं प्रकोप जन्य समस्यालाई नगरपालीकाले प्राथमीकतामा राखेको नगर–प्रमुख साउँदले वताए ।
कार्यक्रममा भिमदत्त नगरपालीकाका नगर–प्रमुख सुरेन्द्र बिष्ट ले नदी जन्य पदार्थ उत्खनन तथा ओसार–पसार योजना, जल यात्रा प्रवद्र्धनका लागी छिमेकी पालीकाहरु संग समन्वय गरिन वताएका थिए ।
बैतडीको दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेश बहादुर थापा, ले महाकाली नदीमा लिफ्ट सिंचाई मार्फत तटीय क्षेत्रका जनताहरुको पानी माथिको श्रोतको उपयोग र अवस्थालाई बढावा दिईनुका साथै यस्ता योजनाले तटीय क्षेत्रमा वासोवास गर्ने समुदाय लाभान्भीत हुने थापाले वताए ।
धनगढी घोषण–पत्रका आधारमा हामीले बिभिन्न क्षेत्रहरुमा बजेट बिनियोजन गरी यस बेसीन क्षेत्रहरुमा काम गर्ने संस्थाहरु संग सहकार्य गर्दे आईरहेको उनले वताए ।
दार्चुला जिल्ला महाकाली नगरपालीकाका नगर–प्रमुख हंसराज भट्टले पानि नदी तटीय क्षेत्रलाई बिशेष प्राथमीकतामा राखीएको वताए ।
धनगढी घोषण–पत्र स्थानीयतह र स्थानीय साझेदार संस्था लाई एकै सुत्रमा बाधि महिला, बालवालीका, युवा एवं जिविको पार्जनको क्षेत्रमा काम गर्ने मुख्य आधार वनाएको उनले थपे ।
उक्त भर्चुअल कार्यक्रममा बैतडी जिल्ला, जिल्ला समन्वय समीतीका अध्यक्ष सिद्धराज भट्टलेका ेसमेत सहभागीता रहेको थियो ।
कार्यक्रममा अक्सफाम नेपाल ट्रोसा कार्यक्रमका ब्यवस्थापन राजन सुवेदी र रुडुक राष्ट्रिय निर्देशक डा. कृष्ण कुमार श्रेष्टले स्थानीयतहहरुसंको आगामी समन्वय र सहकार्यका विषयमा खुल्ला छलफल संचालन गरेका थिए ।
गंगा, ब्रह्मपुत्र र मेघना नदी बेसीन क्षेत्रमा बिभिन्न निजि क्षेत्रहरुले बिभिन्न कार्य गरी रहेका छन । उक्त कार्यमा निजी क्षेत्रहरुको नदी बेसीन समुदाय प्रतिको उत्तरदायित्व, भुमीका र जवाफदेहीता केही हद सम्म कम रहेको बिषयमा पनि छलफल भएको हो ।
निजी क्षेत्र र समुदायले संचालन गरेको नदी सदुपयोगवाट नागरिकमा पारेको साकारात्मक प्रभावको बारेमा चार देशका बेसीन समुदायका ब्यक्तिहरुले प्रस्तुती गरेका थिए ।
जोती रसाईली नेपाल, जाफर आलम अहमद भारत, शान्ता सोहली बंगलादेशका रहेका थिए ।
ट्रोसा क्षेत्रीय साझेदारका बिश्व रंजन सिंहले पनि बेसीन क्षेत्रमा रहेका निजि क्षेत्र र समुदायको आपसी समझदारी भएमा उपलब्धीमुलक कार्य गर्न सकिने वताएका थिए ।
अक्सफाम भारतका पंकज आनन्दले पनिगंगा, ब्रमपुत्र र मेघना बेसीन क्षेत्रमा स्थानीय समुदाय र निजि क्षेत्रहरुका साझेदारीमुलक सम्भावना रहेका छन ।
बेसीन क्षेत्रमा युवा, महिला र लक्षीत बर्गलाई निकै फाईदा पुग्दै गरेको भाव ब्यक्ति गरे ।
अन्तर देशीय पानी सुशासन र दीगो विकास लक्षमा यूवाहरुको भुमीका बिषयक भर्चुअल कार्यक्रममा सबै प्रस्तुतकर्ता हरुले गरेका छलफलहरु अन्तरगत निजी क्षेत्र र स्थानीय साझेदारहरु संगको सहकार्य लाई बढावा दिने, स्थानीयतह, नदी तटीय समुदाय, स्थानीय साझेदारहरु सबैले घनगढी घोषणपत्र अनुरुप रही आपसी समन्वय र सहकार्य वढाई तटीय क्षेत्रहरुलाई प्राथमीकतामा राख्ने नदि तटीय क्षेत्रका महिला, युवा र समुदायलाई दीगो बिकास लक्ष अनुरुप कार्यक्रम कार्यान्वयन गरी संस्थागत गर्ने गरि मिटीङ समपन्न भएको ट्रोसा संयोजक अम्मर साउँदले गाउँघरअनलाईलाई जानकारी दिए ।
अक्सफाम नेपाल संगको सहकार्यमा महाकाली नदी बेसिन क्षेत्रमा ट्रोसा कार्यक्रम संचालन गर्ने स्थानीय साझेदार संस्था रुडुक, रुडेस, निड्स र सी.आर.डी.एस.ले भर्चुअल कार्यक्रमको सयुक्त रुपमा आयोजना गरेका हुन ।

bb

Leave A Reply

Your email address will not be published.