पदम जोरा,डडेल्धुरा
नेपाली काँग्रेस डडेल्धुराका युवा नेता उपेन्द्र जोराले पार्टीको आन्तरीक अधिवेसन लाई पर्वको रुपमा मनाउनु पर्ने वताएका छन ।
तरुण भागेश्वरका संयोजक र दोस्रो गाउँपालिका अधिबेशनमा पालिका सभापतिका उमेदवार समेत रहेका जोराले विगतका अधिबेसनले नेता तथा कार्यकर्ताहरुमा तिक्तता बढाउने गरेको वताएका थिए ।
काँग्रेस डडेल्धुराले भागेश्वरको गाउँपालिका वडा.न १ र २ मा आयोजना गरेको सयुक्त कार्यकर्ता भेटघाट कार्यक्रममा उनले आफ्नो उमेदवारी समेत घोषणा गरेका छन ।
आफु एक पार्टीको सच्चा र ईमान्दार सिपाई भएकाले पार्टीको आन्तरिक अधिबेसन , सहमती, सहकार्य र विकल्पका रुपमा चुनाव गरिनु पर्ने तर्क राखे ।
पार्टीको आन्तरिक अधिबेसनमा पर्व हो , को हार्छ काँग्रेस । को जित्छ काँग्रेस । भनी सबै तह र तपकाका नेता कार्यकर्ताहरु बुझेर नेतृत्व स्वीकार्न सक्ने क्षमता कार्यकर्ताहरुमा हुन पर्ने उनले थपेका थिए ।
२०७४ सालको स्थानीयतहको निवार्चनमा विगतका अधिबेसनले कही कतै तिक्तता र अन्तरघातका कारण पार्टीको केन्द्र, प्रदेश, पालिका, हार भएको उनको ठहर रहेको थियो ।
पार्टीवाट हामीले के पाए भन्दा पनि पार्टीलाई मैले, हामीले के दियौं भनी मन वचनले सोचौं काँग्रेस जोगीने उनले वताए ।
उनले भने , हामी सामु ताजै छ , नेकपा ऐमालेका नेता तथा निवर्तमान प्रधानमन्त्री केपि सर्मा वलीले काँगे्रस अव टर्च वालेर खोज्नु पर्ने र काँग्रेसको अन्तीम प्रधानमन्त्री शेर बहादुर देउवा मात्रै भएको वताएकोमा जनताले काँग्रेस खोजेकोले आफु काँग्रेस भएकोमा गौरव ठानौं देशमा जव–जव संकट पर्छ तव–तव काँग्रेसको आवश्यकता हुदो रहेछ सोही ठानेर काँग्रेसको चरित्र नधीलाउनु पर्नेमा उनले नेता तथा कार्यकर्ताको ध्यानार्कषण गराएका थिए ।
