देशव्यापी साकारात्मक सन्देश दिन मेरो उमेद्वारी : भीम बहादुर साउँद

पदम जोरा,जोगबुडा


नेपाली काँग्रेसका केन्द्रीय सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा सातौ जिल्ला अधिबेसनको सरगर्मी बढेको छ ।
प्रधानमन्त्री तथा केन्द्रीय सभापती शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरा वाट सातौ जिल्ला अधिबेसन सर्वसम्वत गरि साकारात्मक सन्देश दिन नेताहरुले कसरत सुरु गरिरहेका छन ।
देशव्यापी साकारात्मक सन्देश दिने र गुट उपगुटको अन्त गरि बिगतको तिक्तता मेटाई , कुडीएका मनहरु एक वनाई , सवल र सक्षम डडेल्धुरा काँग्रेस वनाउनका लागि आफुले जिल्ला सभापतीका लागि उमेदवारी दिएको काँग्रेस महा–समिती सदस्य तथा परशुराम नगरपालिकाका नगर–प्रमुख तथा भीम बहादुर साउँदले गाउँघर अनलाईन लाई जानकारी दिए । काग्रेस नेता साउँदले जिल्ला सदरमुकाम वाट श्रावण १ गते पत्रकार सम्मेलन गरि आफ्नो उमेदवारी घोषणा गरेका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा केन्द्र देखी जिल्ला र वडा सम्म पार्टीका साथिहरुले झिनो मतले हार व्यहोरेको सुनाउदै यो गुट त्यो गुट नभनी सबैको काँग्रेस वनाउन र आउदो स्थानीय तहको निर्वाचनमा डडेल्धुरा जिल्लाका ७ वटै पालिका र ५२ वटै वडाहरुमा काँग्रेस पर्टिको विजय गराउन समेत आफ्नो उमेदवारी रहेको उनले थपे ।
जिल्ला सभापतीमा उमेद्वारी दिए संगै जिल्लाका ७ वटै पालिका र ५२ वडामा भेटघाट समेत सुरु भएको उनले वताए ।
काग्रेस डडेल्धुराका पुर्व जिल्ला सभापती रघुवर भट्ट, सूदुरपश्चिम प्रदेशका सांशद गोबिन्द राज वोहरा, केन्द्रीय सदस्य जनकराज कलौनी, सहितको सहभागितामा कृयाशिल भेटघाट कार्यक्रम सुचारु भईरहको उनको भनाई छ ।
पटक–पटकका लागि मिति तय भएको अधिबेसनको प्रकृयाको पार्टीले श्रावण २८ गते मात्र टुङगो लगाउने भएको छ ।

bb

Leave A Reply

Your email address will not be published.