पदम जोरा,जोगबुडा
नेपाली काँग्रेस परशुराम ४ को दोस्रो वडा अधिबेसन नजिकीदै जादा बिभिन्न पदमा आकाक्षीहरु बढ्दै गएकाछन ।
परशुराम नगरपालिका वडा.न. ४ को वडा सभापतीका लागि स्थानीय युवा तथा नेपाल भुतपूर्व शैनिक संघका अध्यक्ष नरेन्द्र सिंह बोहराले आफ्नो उमेदवारी रहेको घोषणा गरेका छन ।
गाउँघर अनलाईन संग कुरा गर्दै वोेहराले आफ्नो उमेदवारी घोषणा गरेका हुन ।
नेपाली काँग्रेस केन्द्रीय सभापती तथा प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुराको सातौ जिल्ला अधिबेसनमा जिल्ला सभापतीका लागि महा–समिति सदस्य तथा परशुराम नगरपालिकाका नगर–प्रमुख भीम बहादुर साउँद र महाधीबेसन प्रतिनिधी हरि प्रशाद भट्ट ,करुणाकर भट्ट र संस्थापन पक्षवाट चुडामनी ठकुराठीले उमेदवारी घोषणा गरेका हुन ।
अधिबेसनमा आ–आफ्नो उमेदवारी सहित आफ्नो पक्षमा जनमत बट्ल्ला नेता कार्यकताहरु अहिले गाउँ, वडा, टोल बस्तीमा भेटघाटमा जुटेका छन । व्यस्त रहेका छन ।
वडा ,पालिका , क्षेत्रको बिभिन्न पदका लागि समेत आकाक्षीहरु कसरतमा जुटेका छन ।
दुई निर्वाचन क्षेत्र रहेको डडेल्धुराका ७ वटै स्थानीयतहका ५२ वटै वडाका कृयाशिल सदस्य देखी कार्यकर्ताहरुमा अधिबेसनको रौनकता छाँएको छ ।
क्षेत्र (क) को प्रदेश सभापतिका लागि पुर्व जिल्ला उप–सभापति कैलाश कमार पाण्डेयले आफ्नो उमेद्वारी घोषणा गरेका छन ।
पार्टीको केन्द्रीय निर्णय अनुसार २८ गते मात्र अधिबेशनको टुङगो लाग्ने भएको छ ।
अधिबेसनका मिति नजिकीदै जादा वडा, गाउँ, नगर , क्षेत्र, जिल्ला , प्रदेश र केन्द्रमा सवल र सक्षम नेतृत्व चुन्नु पर्नेमा कार्यकर्ताहरुमा बहस र छलफल जारी रहेको छ ।
प्रधानमन्त्री तथा केन्द्रीय सभापती शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा समेत सवल र सक्षम नेतृत्वका लागि कसरत सुरु भईरहेको छ ।
परशुराम नगरपालिकामा नगर सभापतीका लागि ७ पुर्व जिल्ला कार्य समिति उपसभापती धर्मानन्द भट्ट, त्रिबेणी बहुमुखी क्याम्पस जोगबुडाका निर्वतमान अध्यक्ष , रेडियो परशुराम एफ.एम.जोगबुडाका अध्यक्ष तथा नेपाली रेडक्रष सोशाईटी जोगबुडा उपा–साखा सभापती काग्रेस परशुरामका सदस्य , दल बहादुर साउँद, नगर सचिव खडक बहादुर साउँद, साविक शिर्ष गाउँविकास समिती सभापति अर्जन साउँद , तरुणदल परशुरामका संयोजक चक्र साउँद र स्कुल अफ डेमोक्रेसी संयोजक तथा सामाजिक अभियान्ता भरत वडायर जोशी गरि ७ जजनाले आफ्नो उमेदवारी घोषणा गरेका छन ।
त्यसै गरि नगर सचिव पदका लागि परशुराम नगरपालिकाका वडा.न ६ का वडा अध्यक्ष खगेन्द्र बहादुर सिंह , नगर सह–सचिव मञ्जु धामी , उप–सभापतीका लागि नगर कोषाध्यक्ष जय बहादुर साउँदले आफ्नो उमेदवारी घोषणा गरेका छन ।
